नयाँ सरकार निर्माणको पूर्वसन्ध्यामा कांग्रेसका हिन्दूवादी नेताहरु एकजुट
कांग्रेस र एमालेको गठबन्धनमा नयाँ सरकार निर्माणको तयारी भईरहँदा कांग्रेसका हिन्दूवादी नेताहरु एकजुट भएका छन् ।

कांग्रेसका हिन्दूवादी नेताहरु केन्द्रीय सदस्य एवं नेपाल कांग्रेस वैदिक सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानका संयोजक शंकर भण्डारीको महाराजगञ्ज सम्पर्क कार्यालयमा भेला भएका थिए । भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरु देवेन्द्रराज कंडेल , पुष्पा भूषाल , कांग्रेसकी नेतृहरु गंमनी शाही ,मुक्तकुमारी यादव, सीता देवकोटा लगायत सहभागी भएका थिए ।

भेटघाटका क्रममा नयाँ सरकार निर्माणका र संविधान संशोधनका क्रममा हिन्दू राष्ट्र स्थापनाको विषयलाई एजेण्डाका रुपमा अगाडि बढाउनु पर्नेमा छलफल भएको थियो ।


यसैबीच राजनीतिक वृतमा कांग्रेसका हिन्दूवादी नेताहरुको भेटघाटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । राजनीतिक वृतमा हिन्दूवादी नेता भण्डारी आगामी सरकारमा मन्त्रीमा समावेश गर्न यो भेलाले दबाब सिर्जना गर्ने अनुमान समेत गरिएको छ ।




























