संयुक्त उद्योगी व्यवसायी तथा कृषकले आफ्ना माग पूरा नभए आन्दाेलन गर्ने

संयुक्त उद्योगी व्यवसायी तथा कृषकले आफ्ना माग पूरा नभए आन्दाेलन गर्ने

संयुक्त उद्योगी व्यवसायी तथा कृषक संघले आफ्ना माग पूरा नभए आन्दाेलन गर्ने चेतावनी दिएको छ । बुधबार दमाैलीमा पत्रकार सम्मेलनकाे आयाेजना गरि संघले आफ्ना माग पूरा नभए आन्दाेलन गर्ने चेतावनी दिएको हाे । उक्त अवसरमा कार्यक्रम संयाेजक गिरबहादुर ( मित्र ) दुराले स्वदेशमै केही गर्छु भन्ने नेपाली उद्योगी व्यवसायी र कृषकहरुको अवस्था दिन प्रतिदिन कहालीलाग्दो बन्दै गइरहेको बताए ।  कोभिड–१९ बाट हालसम्म आइपुग्दाको अवस्थामा आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाहरुको अराजकता, राष्ट्रबैंकको निरिहता,कानून निर्माताहरुको बहुलट्ठीपना र सरकारको संवेदनहीनताको कारण उद्योगी, व्यबसायी र कृषकहरु अब आजीवन ऋणको दलदलबाट निस्कन सक्ने अवस्थामा नरहेको दुराकाे भनाई थियो ।  


बैंकमा लगानीयोग्य रकम थुप्रिएको छ तर कर्जाको माग छैन किनकी एकपक्षीय बैंकिङ्ग कानुनको चपेटामा परेका यो देशका उद्योगी व्यवसायीको ऐठनको अवस्थाबाट समाजमा कोही अनभिज्ञ नरहेको सहभागीहरूले बताएका छन् । 
संसारमै बैंक कर्जा बिना उद्योग व्यवसाय संचालन हुँदैन । सबै उद्योगी व्यवसायीहरुको कर्जा हुन्छ नै । राष्ट्रको पनि ऋण हुन्छ तर समाजमा सम्मानित हुनुपर्ने देशलाई पाल्ने उद्योगी व्यवसायीहरुलाई सबै पक्षहरुबाट अपराधीको जस्तो व्यवहार गरिएको संघका सचिव ईश्वर पन्थले बताए ।


उद्योग, व्यवसाय, सटरकवल तिब्र गतिमा बन्द भैरहेकाछन्, चलेका पनि घाटामा छन् तर लगानी गर्ने बैंकहरु संधै नाफामा छन् पन्थकाे भनाइ थियो ।,पैसावालाहरुले यो देशमा चुनाब किनेका छन, कानुन किनेका छन्, देश किनेका छन् भन्ने आभास आम उद्योगी,व्यवसायी र कृषकहरुको रहेको छ । 
संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघ, तनहुँको पहलमा गत वर्ष विभिन्न व्यवसायिक मागहरु राखी गरिएका संघर्षका कार्यक्रमले केही राहत महशुस भएको थियो । बिशेष गरी व्यास नगरपालिकाले बैंकहरुद्वारा हतारमा गरिने धितो लिलामीमा जनप्रतिनिधिले रोहबरमा बस्न पुनर्विचार गर्न सकिने भन्ने व्यहोराको नगर प्रमुखको ध्यानाकर्षण बिज्ञप्तीले बैंकहरु केहि हदसम्म सहजीकरण तर्फ उन्मुख भएको संघले जारी बिज्ञप्तीमा उल्लेख गरेको छ । संभवत देशभरमै पहिलो पटक यस्तो साहसिक पहल गरिदिनु‌भएकोमा व्यास नगरकार्यपालिका र नगर प्रमुख बैकुण्ठ न्यौपाने प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ र यस्तै निरन्तरताको अपेक्षा पनि गर्दछौ सो बिज्ञप्तीमा भनिएको छ । 
बिगत १ वर्षपछि फर्केर हेर्दा पुनर्कर्जा, कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण जेजे गरेपनि प्राय बैंकहरुले आफ्‌नो व्याज र बक्यौता मात्रै उठाउने र थप धितो राखेर व्याजको स्याज सहीत साँवामा परिणत गरेर व्यवसायीलाई उल्टै ऋणमाथि ऋणकै पासोमा डुबाउने मिटरव्याजीको जस्तो हतकण्डा प्रयोग गरेको उनीहरुको आरोप रहेको छ। जथाभावी दिनहुँ सयौं व्यवसायीलाई कालोसूचीको पुरस्कारले सम्मानित गरिएको छ । पछाडीको पृष्ठमा उल्लेखित शान्तिपूर्ण मागहरुलाई बैंक तथा बित्तीय संस्थाहरुले गम्भीर रुपमा नलिइएको अवस्थामा हाम्रो आन्दोलन ूजस्तालाई तस्तैू व्यवहार गर्न केन्द्रीत हुनेछ । यसका लागि व्यवहारिक रुपमा सच्चिन नचाहने बैंक तथा वित्तीय संस्थाहरु बहिस्कार र तालाबन्दी गर्ने र व्यवसायमैत्री कानून संसोधनका लागि कानुन निर्मातालाई दबाब दिन बैंक तथा बित्तिय संस्था र कालो सूची सम्बन्धी एकपक्षीय ऐन, कानुन र निर्देशिकाहरु जलाउने, व्यवसायका तालाचाबी सरकारलाई बुझाउने, व्यवसायीको जग्गाधनी पूर्जा सरकारलाई बुझाउने, सामुहिक गिरफ्तारी दिने, बैंकका भाडाका गुण्डाहरुलाई लखेट्‌ने सम्मका भिषण संघर्षमा उत्रने कार्यक्रम रहेको सो अवसरमा जानकारी गराइएको थियो । शुद्ध व्यवसायिक मागलाई वेवास्था गर्दा निम्तिन सक्ने कुनै पनि अप्रिय घटनाको जिम्मेवारी सम्बन्धित बैंक तथा बित्तीय संस्था र तिनलाई छाडा छोड्ने नियमनकारी राज्य संयन्त्रले नै लिनुपर्नेछ भन्ने चेतावनी पनि दिन चाहन्छौं बिज्ञप्तीमा भनिएको छ ।

संयुक्त उद्योगी , व्यवसायी तथा कृषकका यस्ता छन् मागहरू –
१,बैंक तथा वित्तिय संस्थाका कर्मचारी व्यवसायीको घर समाज चाहार्ने काम बन्द गरियोस् ।

.२, परिस्थितीजन्य उद्योगी, व्यवसायी र कृषकलाई कालोसुचीमा राख्ने सिफारिस बन्द गरियोस् ।
३, एक पक्षीय बैंक तथा बित्तिय संस्था ऐन, कानुन निर्देशिका तत्काल संसोधन गरियोस् ।

४. उद्योगी, व्यवसायी र किसानलाई कालो सूचीमा सूयाउने बैंकलाई पन्नि कालोसूचीधा राखियोस् ।

५. अमानवीय बैंकिङ्ग आतन्न बन्द गरियोस् ।

६ , उद्योगी, व्यवसायी र कृषकलाई सुकुम्वासी बनाउने काम बन्द गरियोस् ।

७ जनप्रतिनिधीहरुले लिलामी सकार्ने, NBA थुपार्ने बैंक र बैंकिङ्ग गिरोहलाई सहयोग नगरुन् ।

८. स्थानीय तह र जनप्रतिनिधीहरुद्धारा व्यवसायीको संरक्षणका लागि बैंकहरुलाई ध्यानाकर्सण गराइयोस् ।

९. पर्दा पछाडिको लिलामी सकार्ने बैंकिङ्ग गिरोहको छानविन गरियोस् ।

१०. १ बर्षका लागि व्याज किस्ता बिदा गरेर थप कर्जा प्रवाह गरी व्यवसाय प्रवर्धन गर्ने समय दिइयोस् ।

११. स्थिर व्याजदर लागु गरियोस् ।
१२. २% स्थिर व्याजदरमा लामो अवधीको व्यवसायीक कर्जा प्रदान गरियोस्

१३. व्यवसायी पेन्सन तथा सुरक्षा योजना लागू गरियोस् ।

१४. सहजता पूर्वक आंशिक धितो फुकुवा गरियोस् ।

१५. बर्षै पिच्छे धितोको अबमुल्यन गर्ने काम तुरुन्त बन्द गरियोस् ।

१६. गैह्र बैंकिङ्ग सम्पत्ती NBA थुपार्ने र घरजग्गाको दलाली गर्ने काम तुरुन्त बन्द गरियोस् ।

१७. कर्जा सूचना केन्द्रको सूचना निशुल्क गरी लुटतन्त्र बन्द गरियोस् ।

१८. रोकिएको राष्ट्र बैंकको व्याज अनुदान तुरुन्त भुक्तानी गरियोस् । आदि

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page