व्यास ११ मा किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना

व्यास ११ मा किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना

तनहुँकाे व्यास नगरपालिका वडा नं ११ मा किशोर किशोरीहरुलाई प्रजनन स्वास्थ्य स्याहार , क्षेत्र अधिकार तथा महिनावारी ,बालबिबाह ,कम उमेरको बिबाहले निम्त्याउने जोखिम र डेङ्गी रोग सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ ।

बेल्टारी शहरी स्वास्थ्य केन्द्रकाे आयाेजनामा भएको कार्यक्रममा किशोर अवस्थामा प्रजनन स्वास्थ्य ,स्याहार,हक/ अधिकार, महिनावारी र बिबाह सम्बन्धि कक्षा सञ्चालन भएको थियो । यस्तै कम उमेरको बिबाह ले प्रजनन स्वास्थ्यमा पार्ने प्रभाब/ जोखिमहरुको विषयमा समेत साे अवसरमा बिद्यार्थीहरू लाई सचेतना दिइएको थियो । प्रजनन स्वास्थ्यको ९ वटा क्षेत्र मध्ये किशोराबस्थाको प्रजनन स्वास्थ्य एक भएकोले साेहि अवस्थालाई मध्यनजर गरि प्रशिक्षण दिइएको बेलटारी शहरी स्वास्थ्य केन्द्र इन्चार्ज सि अ हे ब बेलि माया थापाले बताइन् ।

प्रजनन स्वास्थ्य भनेको के हो ? प्रजनन स्वास्थ्यको क्षेत्रहरु के के हुन ? प्रजनन अधिकार भित्र पर्ने हक र अधिकारहरु के के हुन ? किशोर अबस्थामा प्रजनन स्वास्थ्यको महत्त्व किन छ ? कसरी स्याहार गर्न सकिन्छ ?बाल बिबाह र कम उमेरको बिबाहले प्रजनन स्वास्थ्यमा कस्तो जोखिम बढाउछ ? महिनावारीको परिचय र परिभाषा घरमा कसरी ब्यबस्थापन गर्न सकिन्छ ?वर्षा यामको बेलामा डेङ्गु भाईरसको जोखिम भएको हुँदा डेङ्गु ज्वरोको कारण, लक्षण,रोकथामको उपाय के हुन सक्छन् भन्ने बारेमा सचेतना प्रदान गरिएको थापाले बताइन् ।

१० बर्ष देखि १९ बर्ष भित्रका ब्लुमिङ एकेडेमीमा कक्षा ७,८,९ र १० मा पढ्ने करिब ६० जना बिद्यार्थीहरूकाे उक्त अवसरमा प्रशिक्षण दिइएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page