बुल्दि खाेला सिमलटारकाे घरहरूमा पसेपछि मानिसको भागाभाग

बुल्दि खाेला सिमलटारकाे घरहरूमा पसेपछि मानिसको भागाभाग
Oplus_0


व्यास नगरपालिका वडा नं ४ स्थित तल्लो सिमलटार बस्तीमा बुल्दि खाेला पसेको छ । रातिको समयमा एक्कासि बस्तीमा खाेला पसेपछि मानिसको चिच्याहट सँगै भागाभाग भएको थियो । हाल ट्राफिक कार्यालय रहेको ठाउँ भन्दा माथि बाट खाेला पस्दा त्यस वरपरका पचासौं घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।


खाेला सिमलटारकाे मुख्य राेडमा पसेर दायाँबायाँ भए पछि त्यहाँका घर प्राय सबै डुवानमा परेका स्थानीय साेम आलेले बताए । अहिलेसम्म यती ठुलो बाढी बस्तीमा पसेको थाहा नपाएको भन्दै उनलेे आफुहरू घरको माथि बसेकाे बताए । मेरो गाडी लगायत अन्य सबैकाे तल भएका सवारीसाधनहरू पानिले डुवाईसकेकाे भन्दै उनले एकतले घर भएको मानिसहरू अन्यत्र र अग्लो घर भएका मानिसहरू घरको माथि बसेर ज्यान जाेगाएकाे बताए । सिमलटारका अधिकांश घरमा बाढी पसेर क्षति बनाएको , कैयौंकाे सामान बगाएको , भित्र काेठाकाेठामा हिलो र लेताे जमेर अस्तव्यस्त भएको स्थानीयले बताएका छन् ।

बस्तीमा अन्य के कति क्षति भएको छ भन्नेबारे उज्यालो भए पछि मात्रै थाहा हुने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page