बाढीले गुणादी बाराही मन्दिर जाने कजवे भत्कायाे

बाढीले गुणादी बाराही मन्दिर जाने कजवे भत्कायाे


लगातारको वर्षा सँगै आएकाे बाढीले गुणादी बाराही मन्दिर जाने कजवे पुल भत्काएको छ । म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा रहेको एतिहासिक महत्त्व बाेकेकाे बाराही मन्दिर जाने कजवे पुल भत्किएपछि सवारीसाधनकाे आवतजावत बन्द भएको छ । करिब ४० घर बस्ती तथा मन्दिरमा आउने मानिसहरूले प्रयाेग गर्ने उक्त पुल गुणादीकाे निकै पुरानो पुल हाे ।
उक्त पुललाइ व्यवस्थित र गुणस्तरीय बनाउने सम्बन्धमा राजनीतिक दलका नेता , जिल्ला समन्वयका प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिले पटकपटक हेरेर बनाउने आश्वासन दिएपनी पुलको काम हुन नसक्दा स्थानीयलाई सास्ती भएको छ । चुनावकाे बेला र अन्य भाषणको बेला पुलकाे बारेमा केन्द्रीय नेता देखि स्थानीय नेताले कुरा उठाएको भएपनी काम नगरेको स्थानीय बेदनिधि खनालले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page