सत्यवती स्कुल पछाडि पहिरो जाँदा १८ लाखको क्षति

सत्यवती स्कुल पछाडि पहिरो जाँदा १८ लाखको क्षति


तनहुँकाे व्यास नगरपालिका वडा नं २ मा रहेको सत्यवती मावि पछाडि पहिरो जाँदा करिब १८ लाखको क्षति भएको छ । लगातारको वर्षा सँगै आएकाे पहिरोले स्कुलकाे पछाडिको भागमा ठुलो क्षति पुर्याएकाे छ । पहिरोले वाल सहितको जालीकाे भाग भत्काएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष करूण राज काफ्लेका अनुसार नमुना बिद्यालय बजेट शिर्षकमा परेको १५ लाख र कृषि बिकास बैंक तर्फकाे भागमा रहेको पर्खाल धरापमा रहेकोले जाेगाउन जाली लगाएको करिब ३ लाख थप सहित गरेर १८ लाख रूपयाँकाे पहिरोले नाेक्सान पुर्याएकाे छ । पहिरोले बिद्यालयकाे छेउमा रहेको शाैचालय समेत जाेखिममा परेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page