भानु जयन्तीको अवसरमा म्याग्देका हरफहरू पुस्तकको लाेकार्पण

भानु जयन्तीको अवसरमा म्याग्देका हरफहरू पुस्तकको लाेकार्पण

१११औं भानु जयन्तीकाे अवसरमा म्याग्दे साहित्य समाज तनहुँले “म्याग्देका हरफहरु.” दोस्रो अंक पुस्तक बिमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले ” म्याग्देका हरफहरू ” पुस्तककाे लाेकार्पण गरेका थिए । म्याग्दे साहित्य समाजका अध्यक्ष चन्द्रमणि अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , वडा नं ३ का अध्यक्ष टुकराज अधिकारी , वडा नं ७ का अध्यक्ष बसन्त कुमार श्रेष्ठ ,जिल्ला समन्वय समिति तनहुँका सदस्य डाेलबहादुर सुनार , वडा सदस्य वालचन्द्र घिमिरे , म्याग्दे साहित्य समाजका संरक्षक ऋषिराम अधिकारी , सल्लाहकार बालचन्द्र घिमिरे , साहित्यकार दिपकराज अधिकारी , समाजका सचिव नारायण प्रसाद खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूले कविता वाचन गरेकाे समाजका सचिव खनालले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page