चुँदी खाेलाले बगाएका निम बहादुरकाे शव फेला पर्याे

चुँदी खाेलाले बगाएका निम बहादुरकाे शव फेला पर्याे
Oplus_0

तनहुँकाे चुँदी खोलाले सनिवार बगाएका निम बहादुरकाे शव आइतबार बिहान फेला परेको छ ।

भानु नगरपालिका वडा नं. ६ लेङगाबारी स्थितमा रहेको चुँदी खोलाले बगाउँदा ४० वर्षीय निम बहादुर मस्राङगी लाई खाेलाले बगाएको थियो । नुहाउने क्रममा खोलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बेपत्ता भएका निमबहादुरकाे नेपाल प्रहरी, शसस्त्र प्रहरी बल समेत स्थानीयको संयुक्त टोलीद्वारा खोजतलास भइरहेको थियो ।

उनको शब आज बिहानै पन्चनगर नजिकै फेला परेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page