एसईईमा उतीर्ण तिम्ल्याहा दाजुभाइ र जिल्ला टपरलाई क्षेत्री समाजको सम्मान
क्षेत्री समाज नेपाल तनहुँले २११औं “भानु जयन्तीको अवसरमा तनहुँ संग्रहालय शुभारम्भ तथा साहित्यिक रचना वाचन एवम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।
सनिवार क्षेत्री समाजकाे भवनमा भएको कार्यक्रममा
बाराही माध्यमिक विद्यालय व्यास-११ बाट एसईईमा उतिर्ण एउटै घरका सहोदर तिम्ल्याहा (तीन) दाजुभाइहरु प्रवीण अधिकारी,प्रताप अधिकारी र असीम अधिकारी लाई सम्मान गरेको हाे । क्षत्री समाजवाट एकै परिवारका तिम्ल्याहा दाजुभाई उतीर्ण भएकोमा खुशि हुँदै समाजले उनीहरू लाई सनिवार सम्मान गरेकाे हाे ।
यस्तै साे अवसरमा तनहुँ जिल्ला प्रथम चार जिपीए ल्याउने हाेरालाे मावि भानुकी रञ्जिता क्षत्रीलाई सम्मान गरिएको छ । तनहुँ टपर भएर क्षत्रीकाे ईज्जत् बढाएको भन्दै उच्च शिक्षाको थप सफलताको शुभकामना दिँदै समाजले सम्मान गरेको हाे।

क्षेत्री समाजका जिल्ला अध्यक्ष शम्भुवहादुर अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिः राजेन्द्र अधिकारी रहेका थिए । यस्तै साे अवसरमा रामवहादुर अधिकारी , क्याः भरत बहादुर अधिकारी- सुमुन्द्र गेादार , देवी बहादुर बस्नेत , प्रेमबहादुर रावत , हरि कार्की लगायतका बक्ताहरूले मन्तब्य दिएका थिए ।

























