नाबालिका बलात्कार गर्ने भिमादका दुई युवा पक्राउ
१४ वर्षीय नाबालिका लाई जबर्जस्ती सामुहिक बलात्कार गर्ने भिमाद नगरपालिका वडा नं ५ बस्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्ष २६ का सुबिद्र बहादुर कामी र ४३ वर्षीय चित्र बहादुर कामी रहेका छन् ।

उनीहरूलाई म्याग्दे ४ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेर म्याद थपि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

























