सत्यवतीकाे अध्यक्षमा रमेश गिरी !
तनहुँकाे व्यास नगरपालिका वडा नं २ मा रहेको सत्यवती माध्यमिक बिद्यालयकाे अध्यक्षमा रमेश गिरी चयन भएका छन् । लामो रस्साकस्सी पछि छनाेट समितिले गिरीलाइ अध्यक्षमा चयन गरेको व्यास २ का अध्यक्ष काशीराम श्रेष्ठले बताए ।

अध्यक्षकाे लागि ११ जना पुरूष र ४ जना महिला गरी १५ जनाले इच्छा देखाए पछि केही दिनदेखि यसको टुंगो लाग्न सकेको थिएन । उम्मेदवारी दिएका सबैले हस्ताक्षर गरेर छनाैट समितिले गरेको निर्णय मान्छाैँ कुनै उजुरी गर्दैनौं भनि छनाेट समितिलाई हस्ताक्षर बुझाए पछि छनाेट समितिले आज निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

छनाेट समितिमा व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ , व्यास नगरपालिका शिक्षा अधिकारी केदार आचार्य र प्रअ पुष्पकला भट्टराई रहेका थिए ।
यस्तै छनाेट समितिले अन्य सबै सदस्यहरूकाे पनि नाम टुङ्ग्याएकाे छ । जसअनुसार आोमकार आचार्य , सुर्यचन्द्र लम्साल र राममाया श्रेष्ठ रहेका छन् ।
यस्तै मनाेनित सदस्यहरूमा रमा वाग्ले र गाैरी शंकर थापा रहेका छन् भने शिक्षक अभिभावक संघको अध्यक्षमा कृष्ण कुमार श्रेष्ठ रहेका छन् ।
























