लागु औषध गाँजा सहित म्याग्दे र व्यासका ३ युवा पक्राउ
तनहुँकाे व्यास नगरपालिका वडा नं. ५ पिपलटारीमा लागु औषध गाँजा सहित ३ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास ५ माेचाबारिका ३५ वर्षीय प्रेम बहादुर थापा र बिष्णु थापा तथा म्याग्दे ७ हर्कपुरका ३३ वर्षीय संजिव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

पक्राउ परेका युवाहरूकाे साथबाट ५८ ग्राम लागु औषध गाँजा फेला परेको र प्रतिबादीको घरकोठा खानतलासी गर्दा निजहरु मध्ये प्रेम बहादुर थापाको घरकोठाबाट समेत जम्मा ८७ ग्राम गरी जम्मा १४५ ग्राम अबैध लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई लागु औषध गाँजा मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्राप्त समाचारमा जनाइएको छ ।

























