व्यासमा ३४ जनामा डेंगु देखिएपछि ‘लार्भा खोज र नष्ट गर ’ अभियान तिव्र
डेंगुका बिरामी बढ्दै गएपछि व्यास नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई तिव्र बनाएको छ । नगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो ।

अभियान अन्तर्गत व्यास नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखा केराबारी आधारभुत स्वास्थ्य केन्द्र व्यास २ काे आयाेजनामा बुधबार भएको कार्यक्रममा वडा भित्रका सबै टाेलमा याे अभियान सञ्चालन भइरहेको स्वास्थ्य केन्द्रकी प्रमुख हे .अ. सुभद्रा आचार्यले बताइन् । बुधबार वडा भित्रका पुल्चाेक , अमारापुरी , जनजागृती , केराबारी टाेलमा अभियान चलेको आचार्यले जानकारी दिइन् ।

डेंगुबारे जनचेतना फैलाउन घरदैलो अभियानमा महिला स्वास्थ्यसेविका, स्थानीय संघसंस्था र जनप्रतिनिधि सहभागी भएका छन् ।
नगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले बताए । नगरका ३४ जनामा डेंगु देखिएपछि सबै वडाबाट अभियान सञ्चालन भइरहेको प्रमुख साेतीले जानकारी दिए ।
पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाइएको साेतीले बताए ।
डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको बताइएको छ । ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेंगुका लार्भा छन् । घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ,’ यसमा समान्य जानकारी नहुँदा डेंगु फैलिरहेकाले छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सुरु भएको हाे ।
’डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो ।
एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ ।
डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । पोथी जातको लामखुट्टेले अण्डा पार्ने वेलामा टोक्ने गर्छ । एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ ।
दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
























