क्षत्री समाज तनहुँले संग्रहालय स्थापना गर्याे
क्षत्री समाज तनहुँले संग्रहालय स्थापना गरेको छ । तनहुँकाे एतिहासिक , धार्मिक , पर्यटकीय स्थलहरूकाे एकैठाउँमा बसेर जानकारी प्राप्त गर्न सकिने उद्धेश्यले संग्रहालयकाे स्थापना गरिएको क्षत्री समाजले जनाएको छ ।

संग्रहालयमा सुरुमा विभिन्न किसिमका फाेटाहरू राखिएको संग्रहालय निर्माण समिति संयाेजक देवी बहादुर बस्नेतले बताए । संग्रहालय एउटा युगको द्वार भएको र समग्र जीवनचक्रका अनेकौ आयाम त्यहीँबाट दृष्टिगोचर हुने बस्नेतकाे भनाइ छ । संग्रहालयमा धार्मिक,सास्कृतिक,ऐतिहासिक मुल्यका दुर्लभ र उपयोगी वस्तु र सामाग्रीहरु एकीकृत र संरक्षित गरिने उनले जानकारी दिए ।
संग्रहालयले हाम्रो सांस्कृतिक विरासतलाई संरक्षण गर्दै संस्कृति प्रति सचेत हुन प्रोत्साहित गर्दछ। यो राम्रो मनोरञ्जनको पनि स्रोत हो।बिगतमा मानिसहरुको बसोबास रहनसहन, भेषभुषा, रितीथिती सँगै हाम्रा सबै सम्पुर्ण दिनाचार्य उद्दबोध गराउने छ । हामीले हाम्रा अनुवांशिक पुर्वजहरुको कथा व्यथाको सामीप्य हुनु पाउनु निश्चय पनि खुशीको कुरा हो। धार्मिक मठमंन्दिर देवालय, कलाकृति र बास्तुको ज्ञान,सुन्दरतम् गाउँ बस्ती र भन्ञ्याङको दृश्य पनि संग्रहालयका बिषय वस्तु हुन् क्षत्री समाजले भनेको छ ।
देशका राजारजौटा, शासन व्यवस्था, उर्दी पर्दी र न्याय प्रणाली युद्ध वा शान्ति अमनचैन भित्र देशको खुशहाली र सभ्यता लुकेको हुन्छ , यी सबै प्रर्दशन योग्य बस्तु संग्रहालयका बिषय हुन्। यी सबै कुरालाई समेटेर सबैकाे साथ र सहयोगले हामी अगाडि बढेका छाैं बस्नेतले भने ।

क्षत्री समाज तनहुँ द्वारा संचालन भएको यो संग्रहालय आदिकवि भानुभक्त आचार्यको २११औ पुन्यजयन्तिका अवसरबाट प्रारम्भ गरिएकाे छ । संग्राहलयमा-
१, पुर्वीया सभ्यताका देवर्षि वेदव्यास, आदिकवि भानुभक्त आचार्य, पृथ्वीनारायण शाह सहित तनहुँका राजा रजौटा, राज्यको अभिलेखमा तनहँका शहीदहरु, र राज्यले सम्मान गरेका अन्य व्यक्तिहरूलाइ राखिने ।
२, तनहुँका १० वटै पालिकाको भौगोलिक नक्साङकन,नदीनाला बनजंगल सहित प्राकृतिक धरातलीय आधार, यातायात, गाउँ बस्ती सडक संन्जाल सहित भौतिक पूर्वाधार राखिने ।
३ , धार्मिक तथा पर्यटकीय स्थलहरु, धार्मिक मुल्य मान्यताका वस्तुहरुको संग्रह गरिने ,
४ , हाम्रा पूर्वजहरुले प्रयोगमा ल्याएका सबै प्रकारका घरायसी सामाग्रीहरु, पेशा जातजाति ले प्रयोगमा ल्याएका अन्य वस्तुहरू राखिने ।
५ , अश्त्र शश्त्र तथा युद्धकालमा प्रयोग भएका वस्तुहरु समेत प्रदर्शनी कक्ष्यमा राखिने ।
६ , विस्मृत वा लोपोन्मुख हुदै गएको खाडो जगाउने, श्लोकहाल्ने प्रचलन, बालुन नाचगान हाम्रो संस्कृतिका विशिष्ट पक्ष्यलाई पुनर्जाग्रित का उत्प्रेरणा जगाउने।
७ ,स्थानीय नाचगान, भाका, शैली, झ्याउरे, कौरा,सोरठी, असारे आदि विभिन्न प्रचलनमा रहेका भाकालाई संरक्षण एवं सम्वर्धन गर्न उत्प्रेरित गर्ने।लगायतका बस्तु क्रमश राखिने भएका छन् ।
क्षेत्री समाजले संग्रहालय सन्दर्भ रआवश्यकता/नेपालको मध्यभागमा अवस्थित तनहुँ, देशको सुन्दर पर्यटकीय नगर पोखराको पेरीफेरीमा पर्ने बताएको छ । पृथ्वी राजमार्गको फराकिला सडक र निर्वाध आवागमनको सुविधाले चारैतिर यातायात संन्जाल फैलिएको छ। तनहुँ स्वंममा एक अपुर्व पर्यटकीय स्थल हो। हिन्दु धर्मका प्रणेता वेदव्यासको जन्मस्थलले परिचित यो पुन्य देवभुमि सम्पुर्ण हिन्दुधर्मालम्बीको मोक्ष्य धाम हो। सेनवंशी तनहुँका प्रचीन राजाको दरवारको गर्भगृह उत्खनन र संरक्षणको काम सरकारले गरिरहेकोछ।
तनहुँशुरमा रहेको घातक तोप अश्त्रागार, न्याय प्रणाली र शासन व्यावस्थाको लागि गद्दीचौतारा आज पनि एउटा जीवन्त इतिहासको साक्षी छ , यस्तो महत्त्वपूर्ण स्थान आसपास संग्रहालय स्थापना हुन सक्नु आँफैमा गाैरबकाे कुरा हुने क्षेत्री समाजको भनाइ छ ।
सेनवंशीय राजा वीर र प्रतापी थिए। दिल्लीका मुगल साम्राट औरेन्जेबसंग विशेष सम्बन्ध राखी भारतको रामनगरदेखि तल्लो भाग सेनाराजाको अधीन थियो। आदिकवि भानुभक्त आचार्यको सृजनशीलताको कथा होस् वा रंग नाथ पौडेलको सौर्य । धेरै प्राचीनतम् ऐतिहासिक तथ्य र सुन्दर आयाम बोकेको छ,यो तनहुँको धर्तीले।
हामीलाई तनहुँकाे प्राचीन ऐतिहासिक एवं आध्यात्मिक धरातल र विविध सांस्कृतिक आयामले संग्राहलय बनाउन प्रेरणा प्रदान गर्यो क्षत्री समाज तनहुँका अध्यक्ष शम्भु बहादुर अधिकारीले भने । केन्द्रीय टिमले समेत तनहुँ संग्रहालयलाई मद्दत गर्ने आश्वासनका कारण हामी उत्साहित भएर बैठकमा निरंन्तर संवाद गर्दा साथीहरूबाट संग्रहालयको कुरा उठिरहेकाेले हामीसंग झन्डै ३ रोपनी जमिन ओगटेको ३ तले आकषर्क भवन उपयोगको अवसरलाई ध्यानमा राख्दै संग्रहालय स्थापना गर्ने निर्णयमा पुगेका हौँ अध्यक्ष अधिकारीले बताए ।
























