चितुवाले आक्रमण गरेर घिसार्दा बाबुलाई छुटाएँ ,तर बचाउन सकिएन —
तनहुँको बन्दिपूर गाउँपालिकामा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएपछि गाउँलेहरू त्रशीत भएका छन् । समसाँझै घरकै छेउवाट चितुवाले आक्रमण गरी बालककाे ज्यान लिएपछि गाउँले हरू त्रसित भएका हुन् ।

प्रतक्षदर्शी मृतकका अंकल राजकुमार अछामीले बालक घरकै छेउमा यताउता गर्दै गरेको र म गाेठमा काम गर्दै गर्दा त्यहीबेलामा एक्कासि चितुवाले आक्रमण गरेकाे बताए । गाेठमा काम गरिरहेको बेला बाबुले एैया गरेको सुन्ने बित्तिकै हारगुहार गर्दै जाँदा चितुवाले बाबुलाई घाँटीमा समातेर घिसार्दै केही हात पर फालेको उनलेे बताए । बाबु जीवित नै थियो , तत्कालै गाडी वाेलाएर अस्पताल लैजाँदा बाबुलाई बचाउन सकिएन ।

चितुवाले बिहीबार साँझ बन्दीपुर–५ सालथान निवासी जीत बहादुर अच्छामीका छोरा बर्ष ११ का सुन्दर अच्छामीकाे ज्यान गएको थियो । मृतक बालकको पाेस्टमार्टमकाे लागि शव दमाैली अस्पतालमा राखिएको छ । बन्दिपुरमा यस अगाडि पनि पटकपटक चितुवाको आक्रमणमा धेरै बालबालिकाले ज्यान गुमाइसकेका छन् ।
























