व्यास १ माइली डाँडामा बाघको आतङ्क

व्यास १ माइली डाँडामा बाघको आतङ्क

व्यास नगरपालिका वडा नं १ माइली डाँडा वरपर बाघले आतङ्क मच्चाएको छ । राति १/२ बजेदेखि बाघ घर घरमा आएर आतंक मच्चाएको स्थानीय ओमराज पन्तले बताए ।
पन्तको घरमा पालेको र अर्को एक गरि दुईवटा कुकुरलाई बाघले आक्रमण गरेर घाइते बनाएको छ । बाघ घर घरमा आएपछि स्थानीय मानिसहरू उठेर बाघ लखेटेका थिए । स्थानीयले बाघ फेरि पनि आउन सक्ने र अन्य घटना घट्न सक्ने भन्दै यस सम्बन्धमा सराेकारवाला निकायले सुरक्षाको बाताबरण मिलाउनुपर्ने माग गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page