याम्पामा तास खेलिरहेका ९ जना ३३ हजार नगद सहित समातिए

याम्पामा तास खेलिरहेका ९ जना ३३ हजार नगद सहित समातिए
Oplus_0

तनहुँको बन्दिपुर -४ याम्पामा तास खेलेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक व्यक्तिको घरमा तास खेलेको सूचनाका आधारमा प्रहरीको टाेलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

उनीहरुको साथबाट नगद रु ३३ हजार र तास बरामद भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्रहरीले पछिल्लो समय जिल्लामा तास खेल्ने तथा लागुऔषध प्रयाेगकर्ताहरूलाइ दिनदिनै जस्तो पक्राउ गरेर कारबाहीको दायरामा ल्याइरहेको छ । तनहुँका प्रहरी प्रमुख एसपी अपिल राज बाेहराले तनहुँकाे नेतृत्व लिएयता यस किसिमको सकृयता देखाएपछि उनको जनमानसमा व्यापक प्रशंसा भइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page