बस र ट्याङ्कर ठाेक्किदा तनहुँका १० घाइते ( नामावली सहित )
चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणघाट- मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका मध्ये १० जना तनहुँका रहेका छन्। शनिबार अपराह्न ३ बजेको समयमा चितवनकाे भरतपुर म.न.पा.२९ नारायणघाट मुग्लिङ सडक खण्डको भतेरी भन्ने स्थानमा नारायणघाट बाट पोखरा जादै गरेको ग२ख१४०१ नम्बरको बस र सोहि दिशावाट काठमाण्डौ तर्फ जादै गरेको ना७ख ५४९१ नम्बरको पट्रोल बोकेको तेल ट्याङकर ठाेक्किएकाे हाे ।

उक्त बस र ट्याङ्कर ठोक्किदा बसमा सवार १६ जना यात्रुहरू घाईते भएको र उनीहरूकाे नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाईतेहरुः-
नयाँ मेडिकलमा उपचार भएका घाईतेहरुः
१. बस चालक जिल्ला बारा निजगढ न.पा.१३ बस्ने बर्ष ४१ को लाल बहादुर घलान(मध्यम)
२. सह चालक जि.तनहुँ भानु न.पा.१ बस्ने बर्ष ३९ को राजेन्द्र क्षेत्री(मध्यम)
३. बसमा सवार जि.चितवन भरतपुर म.न.पा.१६ बस्ने बर्ष २६ कि विनिता सुवेदी आचार्य (मध्यम)
४. ऐ.बस्ने निजको छोरा वर्ष ४ विप्लव आचार्य(मध्यम)
५. जि.तनहु बन्दिपुर गा.पा.१ बस्ने बर्ष ५३ को बद्री कुमार श्रेष्ठ(मध्यम)
६. ऐ.बस्ने निजको श्रीमती बर्ष ५३ कि सृजना श्रेष्ठ(गम्भिर)
७. जि.तनहु भानु न.पा.४ बस्ने बर्ष ४१ कि सृजना रानाभाट(मध्यम)
८. ऐ.बस्ने बर्ष २५ कि अमृता रानाभाट(मध्यम)
९. जि.तनहु ब्यास न.पा.१२ बस्ने बर्ष ६० को झलक बहादुर थापा(मध्यम)
१०. ऐ.म्याग्दि गा.पा.१ बस्ने बर्ष ३३ कि मनमाया आले(मध्यम)
११. ऐ.बस्ने निजको छोरा बर्ष ७ को रिसभ आले(मध्यम)
१२. जि.तनहु व्यास न.पा.१ बस्ने बर्ष २९ कि अमृता थापा(मध्यम)
१३. जि.लमजुङ सुन्दर वजार न.पा.१० बस्ने बर्ष ३२ को पदम भुजेल(मध्यम)
१४. जि.तनहु ब्यास न.पा.१ बस्ने बर्ष ४३ कि कमला माया थापा(मध्यम)
पुरानो मेडिकल घाईते
१५. जिल्ला तनहु व्यास न.पा. ६ बस्ने निरज गिरिको बर्ष ५ को सुलभ गिरि(मध्यम)
१६. ऐ.बस्ने बर्ष २७ को निरज गिरि (सामान्य)


























दुखद घटना
शिघ्र स्वास्थलाभको शुभकामना