छ दिनदेखि फाेहाेर नउठ्दा कुरूप बन्दै दमाैली बजार

छ दिनदेखि फाेहाेर नउठ्दा कुरूप बन्दै दमाैली बजार


फाेहाेर फाल्ने ठाउँको उचित व्यवस्थापन हुन नसक्दा दमाैली बजारको फाेहाेर छ दिन देखि उठ्न सकेको छैन । छ दिन देखि फाेहाेर उठ्न नसक्दा दमाैलीकाे सार्वजनिक चाेक , छेउछाउ कुरूप बन्दै गएको छ ।

कुहिने र नकुहिने फाेहाेर मध्ये नकुहिने फाेहाेर छ दिनदेखि उठ्न नसकेको हाे । मादी नदिकाे किनार भतेरीमा उक्त फाेहाेर फाल्दै आएकाेमा असार मसान्तबाट सम्झौता सकिएपछि त्यहाँ फाेहाेर फाल्न स्थानीयले राेक लगाएपछि व्यास नगरपालिकालाइ फाेहाेरमैला ब्यवस्थापन गर्न मुख्य चुनाैती बनेकाे छ।

बीसौं बर्ष देखि फाेहाेरमैला ब्यवस्थापनकाे टुङ्गाे लाग्न नसक्दा नगरपालिकालाई फाेहाेरकाे व्यवस्थापन टाउको दुखाइकाे बिषय बनेको हाे । अहिलेसम्म पनि ल्याण्डफिल साइडकाे दिर्घकालिन व्यवस्थापन हुन नसक्नु सिङ्गो नगरकै बेइज्जत भएको नगरवासीले बताउन थालेका छन् ।

व्यास २ की सीता गुरूङले नगरपालिकाकाे गाडी छ दिनदेखि फाेहाेर उठाउन नआउँदा घर भित्र फाेहाेर भरिएको बताइन् । बाहिर निकालम् नगर प्रहरीको कारबाहीमा परिने डर , भित्र राखम अटाउन छाेड्याे उनलेे भनिन् । भतेरीमा फालिएको फाेहाेरकाे पनि उचित व्यवस्थापन नगरी फालिदिँदा मादी नदि बढ्दा फाेहाेर यत्रतत्र तैरिएर लथालिङ्ग भइरहेको स्थानीयले बताएका छन् ।
नगरपालिकाले समिति नैं बनाएर फाेहाेरमैला भतेरिमा फाल्दै आएकाे थियो ।

तर त्यसबेला गरेको सहमति कार्यान्वयन नभएको समितिकै सदस्यहरूले बताएका छन् । प्रत्येक महिना मिटिङ बस्ने , सरसल्लाह गर्ने , प्रत्येक दिन फाेहाेरलाइ पुर्ने र तीन महिना भित्र अर्को व्यवस्था गर्ने जस्ता सहमति गरेको भए पनि सहमति भए यता एकदिन पनि मिटिङ नबसेकाे ती सदस्यले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page