विपी स्मृति दिवसमा म्याग्दे लगायतका स्थानीय तहमा वृक्षारोपण

विपी स्मृति दिवसमा म्याग्दे लगायतका स्थानीय तहमा वृक्षारोपण

बिपी स्मृती दिवसका अवसरमा नेपाली कांग्रेस म्याग्दे गाँउपालिकाको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । म्याग्दे गाउँपालिका वडा नं २ स्थित ज्यानट्याङ पधेरी खोला सामुदायिक बनको खण्ड ५ मा रहेको पर्यटकिय स्थल हरितपार्क TREE HOUSE मा बृक्षरोपण कार्यक्रम गरिएको हाे ।


नेपाली काङ्ग्रेस म्याग्देका सभापति रामभक्त घिमिरेकाे सभापतित्वमा भएको वृक्षरोपण कार्यक्रममा ने.का. महासमिति सदस्य एबँ म्याग्दे गा.पा.का निबर्तमान अध्यक्ष माया राना प्रमुख अतिथि रहेकी थिइन् । यस्तै कार्यक्रममा विशिष्ट अथितीका रुपमा म्याग्दे गा.पा.का उपाध्यक्ष बालकृष्ण घिमिरे लगायत महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्य , प्रदेश प्रतिनिधिहरु, वडाध्यक्षहरु, वडा सभापति हरु, कार्य पालिकाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

म्याग्दे सहित तनहुँका १० वटै स्थानीय तहमा आइतबार ४२ औं बिपी स्मृती दिवस मनाईएको छ । बिपी स्मृती दिवसका अवसरमा बिपी सालिकमा माल्यपर्ण देखि वृक्षारोपणका कार्यक्रमहरु आयोजना गरिएको थियो ।

सदरमुकाम दमौलीमा नेपाली कांग्रेस व्यास नगर समितिद्धारा बिपी स्मृती दिवसका अवसरमा बिपी बाटिकामा बिपीको सालिकमा माल्यर्पण गरिनुका साथै पराशर आश्रम परिसमा वृक्षारोप गरिएको थियो । वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति एवं नगर प्रमुख बैकुण्ठ न्यौपाने , नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिका सदस्यहरु शान्तिरमण वाग्ले , ताराप्रसाद श्रेष्ठ ,महासमिति सदस्य डोवाटे वि.क. ,महिला संघ तनहुँकी अध्यक्ष पवित्रा पौडेल लगायतले वृक्षरोपण गरेका थिए ।त्यस्तै बिपी वाटिकामा बिपीको सालिकमा माल्यर्पण गरिनुका साथै बिपीले नेपाली लोकतन्त्र प्राप्तिमा पुरयाएको योगदानको बारेमा चर्चा गरिएको थियो ।

बिपीको योगदानलाई कसैले पनि भुल्न नहुनेमा प्रमुख अतिथी न्यौपाने लगायत अन्य वक्ताहरुले जोड दिएका थिए । कार्यक्रम नगर सभापति सूर्यचन्द्र हड्खलेको सभापतित्वमा भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page