तनहुँमा ३२ बर्षे महिलालाई बलात्कार गरेको आराेपमा ३५ बर्षे पुरूष पक्राउ
तनहुँमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३५ वर्षीय पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पीताम्बर नेपाली रहेको इलाका प्रहरी कार्यालय बेलचाैताराका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए ।

नेपालीले ती महिलालाई आफ्नै घरमा लगी डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको सुवेदीले जानकारी दिए ।

























