सूर्य नेपालद्धारा खैरेनी माविलाई आइसीटी सामग्री प्रदान
सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी–६ खैरेनीटारमा रहेको खैरेनी माध्यमिक विद्यालयलाई करिव १३ लाख रुपैयाको आइसीटी सामग्री प्रदान गरेको छ ।

बुधवार एक कार्यक्रमका बीच उद्योगका कारखाना व्यवस्थापक बाबुराम कार्की र मानव संसाधन प्रमुख अन्जान दुवाडीले विद्यालयका अध्यक्ष कमलमोहन घिमिरे र प्रधानाध्यापक राजेश्वर घिमिरेलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । प्रालिले विद्यार्थीको पढाईलाई प्रभावकारी र प्रविधिमैत्री बनाउन ८ थान कम्प्युटर, ४ थान ल्यापटप, २ थान इन्ट्रयाक्टीभ स्मार्ट बोर्ड र एक थान कलर प्रिन्टर प्रदान गरेको समितिका सदस्य सुरेश पाैडेलले बताए ।
। प्राप्त कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड लागतयका आइसीटी सामग्रीले प्रविधिमैत्री अध्ययनमा टेवा पुग्ने वडा नंं ६ का अध्यक्ष बुद्धि बहादुर थापाले बताए । कारखाना व्यवस्थापक बाबुराम कार्कीले प्राप्त सामानको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे ।

मानव संसाधन प्रमुख दुवाडीले विद्यालयले सहयोगकोलागि गरेको आग्रह अनुसार ती सामग्री प्रदान गरिएको जानकारी दिए । विद्यालयका पूर्व प्रधानाध्यापक एवम् नगर शिक्षा समिति संयोजक केशव घिमिरेले आइसीटी सामग्रीको प्रयोगमा खैरेनी मावि विगत लामो समयदेखि अगाडी रहेको बताउदै कोभिडको समयमा समेत शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिइको जानकारी दिए । उनले प्राप्त सामानले थप सहयोग पुगेको उल्लेख गरे । शिक्षक अभिभावक संघका अध्यक्ष शेषकान्त पौडेलले विद्यार्थीको सिकाई भरपुर रुपमा उपयोग गर्न आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलमोहन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राजबहादुर थापा , विद्यालय व्यवस्थापन समिति सदस्य एवम् कार्यपालिका सदस्य विमल जिसी तथा प्रधानाध्यापक राजेश्वर घिमिरे लगायतले बाेलेका थिए ।
























