ट्रेड सेन्टर भाडामा लगाउन टेण्डर खाेल्ने तयारी , पार्क बनाउन आएकाे २५ लाख फ्रीज
ब्यास-२ गणेशमान चोकको ट्रेड सेन्टर खाली बनाइ पार्क बनाउने भनेर राष्ट्रपति रामचन्द्र पाैडेल मार्फत पठाएको भनिएको २५ लाख रकम फ्रीज भएको छ ।

गणेशमान चोकमा रहेको दमौलि ट्रेड सेन्टरलाई खालि बनाइ पार्क बनाउने विषयमा स्थानीयले माग गरेपछि पाैडेलले उक्त रकम पठाएको पटकपटक सुनाइएकाे थियो । तर यथार्थतालाई राम्रोसँग अध्यन नगरी हचुवाकाे तालमा उक्त रकम पठाएकोले रकम फ्रीज भएको अहिले चर्चा चलेको छ ।
जिल्ला समन्वयको ४९ वटा सटर पुरै भाडामा लाग्दा राज्यलाई १ करोड ७० लाख आइरहेकाे अवस्थामा केही आफ्ना कार्यकर्तालाई ल राष्ट्रपति ज्यु ले रकम पठाउनु भएको छ भन्ने पार्न २५ लाखकाे कुरा आएकाे एक स्थानीयले बताए । तर त्यो रकम जसरी आयाे , त्यसरी नैं गयो ।
जिल्ला समन्वय श्राेतका अनुसार ४९ वटा सटर मध्ये अहिले २६ वटा सटर मात्रै भाडामा लागेको र त्यसबापत समन्वयलाई ६७ लाख आम्दानि भएको छ । समन्वयले अब छिट्टै बाँकी रहेको सटरमा पनि टेन्डर खाेल्ने बताएको छ । करोडौं रकम राज्यलाई आइरहेकाे राेक्न २५ लाखको कुरा किन ल्याइयो बुझ्न नसकेको समन्वयकै एक कर्मचारीले बताए ।

ट्रेड सेन्टर २०६९ सालमा व्यवसायी दिपेश बस्नेत लाई भाडामा सम्झौता भएको र ८० मा सकिएको थियो । त्यसपछि खाली गर्न भन्दै २०७९ – ५ – १८ मा वडा नं २ का जनप्रतिनिधि र १७ वटै टाेलकाे संयुक्त बैठक बसी केही आपत विपत पर्दा खुल्ला ठाउँ चाहिने र बालबालिका तथा जेष्ठ नागरिकलाई पार्क अति नैँ आवस्यक रहेकोले खाली गर्न डेलिगेसन गएको थियो ।
























