म्याग्दे गाउँपालिकाले गर्याे उत्कृष्ट ५ कर्मचारीलाई सम्मान

तनहुँकाे म्याग्दे गाउँपालिकाले उत्कृष्ट ५ कर्मचारीलाई सम्मान गरेको छ ।

गाउँपालिकाकाे आर्थिक वर्ष २०८१÷०८२ देखि २०८५÷०८६ दोस्रो आवधिक विकास योजना, आर्थिक वर्ष २०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक कार्यक्रमका अवसरमा उनीहरूलाई सम्मान गरिएको हाे ।

सम्मान पाउनेहरूमा अधिकृत छैटौं रूक्मिता घिमिरे र डाक्टर विनय शाह , सहायक पाचौं भाष्कर रेग्मी , सहायक कर्मचारी चाैंथाे असइ शम्भु पाैडेल र सहयोगी कर्मचारी साेमबहादुर कुमाल रहेका छन् । यस्तै स्वास्थ्य स्वयंसेविका गंगा देवी श्रेष्ठ र पुर्णिमा सुनार लाई समेत उक्त अवसरमा सम्मान गरिएको थियो । यस्तै बढुवा सरूवा भएका सुजित बराललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
सम्मानित हुने कर्मचारीहरूलाइ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले प्रमाणपत्र तथा दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।
























