म्याग्दे गाउँपालिका द्वारा उत्कृष्ट कृषक श्रेष्ठलाई सम्मान

म्याग्दे गाउँपालिका द्वारा उत्कृष्ट कृषक श्रेष्ठलाई सम्मान

तनहुँकाे म्याग्दे गाउँपालिकाले उत्कृष्ट कृषक सन्तोष श्रेष्ठलाई सम्मान गरेको छ ।

गाउँपालिकाकाे आर्थिक वर्ष २०८१÷०८२ देखि २०८५÷०८६ दोस्रो आवधिक विकास योजना, आर्थिक वर्ष २०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक कार्यक्रमका अवसरमा उनलाई सम्मान गरिएको हाे ।
म्याग्दे ६ स्थित विष्णु कृषि तथा पशु फर्मका सञ्चालक श्रेष्ठलाई गाउँपालिकाले राेजगारी र उत्पादनमा याेगदान दिएकाे भन्दै व्यावसायिक पशु फर्म सञ्चालन गरी दुग्ध उत्पादनतर्फ प्रथम भएकामा सम्मान गरेको जनाएको छ ।

विदेशबाट फर्किएका श्रेष्ठले बाख्रापालन, गाईपालन, लोकल कुखुरापालन गरिरहेका छन् । उनले गत आर्थिक वर्षमा २४ हजार छ सय दुई लिटर दूध उत्पादन गरेका थिए । उनलाई गाउँपालिकाले त्यसबापत रु दुई लाख ४६ हजार २२ अनुदान दिएको थियो ।

सम्मानित भएका श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले प्रमाणपत्र तथा दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page