हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई केन्द्रीय समितिबैठकमा लैजान कांग्रेसका हिन्दूवादी नेताहरु एकमत
हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीको केन्द्रीय कार्य समिति बैठकमा एजेण्डाका रुपमा लैजाने विषयमा कांग्रेसका हिन्दूवादी नेताहरु एकमत भएका छन् ।

नेपाली कांग्रेस हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक एवं केन्द्र्रीय सदस्य शंकर भण्डारीको पानी स्थित सम्पर्क कार्यालयमा बसेको कांग्रेसका हिन्दूवादी केन्द्रीय सदस्यहरुले बैठकमा एजेण्डा लैजाने विषयमा एकमत भएका हुन् ।बैठकमा केन्द्रीय सदस्यहरु भण्डारी ,पुष्पा भूषाल , रंगमति शाही , चन्द्र के.सी.,विद्य्या तिम्सिना , चम्पादेवी खड्का र मदन अमात्यको उपस्थिती रहेको थियो ।

कांग्रेसको केन्द्रीय समिति बैठक साउन २३ गते देखि सुरु हुँदैछ । पार्टीका बहुमत महासमिति सदस्यहरुले हस्ताक्षर गरेको हिन्दू राष्ट्र स्थापनाको एजेण्डाले पार्टीले प्राथमिकतमा राख्नुपर्ने के.स.भण्डारीको भनाई रहेको छ ।
























