भालुले आक्रमण गर्दा तनहुँमा कल्पना घाइते
तनहुँकाे भानु नगरपालिका वडा नं १२ कवाचित बस्ने ५० वर्षीय कल्पना गिरी भालुले आक्रमण गर्दा घाइते भएकी छन् ।

खेतमा पानी लगाउन जाँदा अकस्मात भालुले आक्रमण गर्दा गिरी घाइते भएकी हुन् । घाइते गिरीको आखा र टाउको आसपास चाेट लागेको बताइएको छ । उनको दमाैली अस्पतालमा आकस्मिक उपचार पश्चात् थप उपचारको लागि गण्डकी अस्पताल पाेखरा पठाइएको छ ।

























