विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा दमाैलीमा अभिमुखिकरण तालिम
३०औं विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा सनिवार दमाैलीमा अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद तनहुँ को आयोजनामा भएको उक्त कार्यक्रममा जि स प तनहुँका सल्लाहकार हरि सिंह गुरुङ्गले प्रशिक्षण दिएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष सुजित हिराचनकाे अध्यक्षता तथा व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख तारा प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षणमा नगर र गाउँ समन्वय परिषदका अध्यक्ष , उपाध्यक्ष , सचिब र कोषाध्यक्ष लगायतकाे उपस्थिति रहेको थियो ।

साेहि अवसरमा महासंघले भर्खरै सरूवा भइ आएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीलाई स्वागत एवम् परिचय कार्यक्रम राखेको थियो ।

























