विश्व आदिवासी जनजाति दिवसमा व्यासमा सार्वजनिक बिदा

विश्व आदिवासी जनजाति दिवसमा व्यासमा सार्वजनिक बिदा


यही साउन २५ गते विश्व आदिवासी जनजाति दिवसकाे अवसरमा व्यास नगरपालिकाले अत्यावस्यक सेवा बाहेक नगरपालिका अन्तरगत सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार बसेकाे कार्यपालिका बैठकले यही साउन २५ गते विश्व आदिवासी जनजाति दिवसका दिन नगरपालिकाको अत्यावस्यक सेवा बाहेक नगरपालिका अन्तरगत सार्वजनिक विदा दिने निर्णय गरेकाे व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरूङले बताए ।

यस्तै बैठकले व्यास नगरपालिका भित्र फोहोर वर्गीकरण गरी विसर्जन गरिने कुहिने फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय गरेकाे छ ।

यस्तै व्यास नगरपालिका अन्तर्गतका सुत्केरी सट्टाशिक्षक व्यवस्थापन कार्यविधि २०८१, विपन्नहरुका लागि सुरक्षित आवास सहयोग कार्यविधि २०८१, निर्माण व्यवसायी सम्बन्धी कार्यविधि २०७५ लाई पारित एवं संशोधन गर्ने ,व्यास नगरपालिका क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि सरोकारवालाहरूलाई सहभागी गराई मिति २०८१/०४/३२ गते शुक्रबार ११ बजे नगरसभा कक्षमा अभिमुखीकरण बैठकको आयोजना गर्ने , मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रम अन्तर्गत ऐतिहासिक तनहुँसुर क्षेत्र संरक्षण र विकास परियोजना कृषि तथा पर्यटन प्रवद्र्धन कार्यक्रम प्रस्ताव गर्ने , स्थानीय भू–उपयोग अन्तर्गत जग्गा वर्र्गीकरणको प्रक्रिया अघि बढाइएकाले २०८१ असोज मसान्तसम्म गैह्रकृषि जग्गालाई आवसीय क्षेत्र मानी भू–उपयोग नियमावली अनुसार कित्ताकाट सहजीकरण गरिदिन मालपोत कार्यालय तनहुँ र नापी कार्यालय तनहुँलाई जानकारी सहित अनुरोध गर्ने बैठकले निर्णय गरेकाे छ ।

यस्तै बैठकले व्यास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूलाई निःशुल्क शिक्षा प्रदान गर्न विद्यमान अवस्थाको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न शिक्षा शाखालाई निर्देशन दिने र २०८१ भाद्र २१ गतेका दिन हरितालिका तीजका अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता आयोजना गर्न उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा ९ सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय गरेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page