क्षेत्रीय हाेटल संघ बन्दिपुरकाे सभापतिमा थापा

क्षेत्रीय हाेटल संघ बन्दिपुरकाे सभापतिमा थापा

क्षेत्रीय होटल संघ तनहुँ बन्दिपुर बजार इकाइ काे सभापतिमा फुलमती थापा सर्वसम्मत चयन भएकी छन् । संघको मंगलबार बन्दिपुरमा सम्पन्न १४ औ साधारणसभा तथा ७औ अधिबेशनले थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हाे ।

समितिकाे उपसभापतिमा सुजन श्रेष्ठ र
कोषाध्यक्षमा सन्तोष प्रधान चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा शशी रुपाखेती ,सरस्वती श्रेष्ठ
, लक्ष्मी लामा , अनिल प्रजापती र सुर्य ढकाल चयन भएका छन् । बजार इकाईका सभापति संगिता प्रधानको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।

नवनिर्वाचित समितिकाे पहिलो बैठकले समितिकाे सचिवमा अनिल प्रजापतिलाई मनाेनीत गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page