फ्रि वाइफाइकाे नाममा वर्ल्डलिङ्ककाे ठगी धन्दा

फ्रि वाइफाइकाे नाममा वर्ल्डलिङ्ककाे ठगी धन्दा
Oplus_0

इन्टरनेट सेवाप्रदायक वल्डलिङ्क कम्युनिकेसन्स दमाैलीले फ्रि वाइफाइकाे नाममा ग्राहकलाई ठगेको पाइएको छ । फ्रि वाइफाइ राख्दा सुरुमा ५ वटा माेवाइलमा अफिस वाइफाइ जाेडेर वल्डलिङ्ककाे अनलिमीटेड र अन्य माेवाइलमा निश्चित समयको लागि फ्रि वाइफाइ चल्ने भनेर ग्राहकलाई आश्वस्त पारेर लाइन जाेड्ने तर जाेडेकाे केही समयपछि दुईवटा माेवाइलमा भन्दा चल्दैन भनेर झुक्याएर पुरा सेवा नदिने गरेर उसले ग्राहकलाई ठगेको भेटिएको हाे ।


फ्रि वाइफाइ जाेड्ने ग्राहकले त्यति मात्रै नभइ माइवल्डलिङ्क कनेक्ट भएको माेवाइलमा छिनछिनमा पासपोर्ट चेन्ज , समय सकियो जस्ता झन्झट समेत बेहाेर्नुपरेकाे पाइएको छ ।
इन्टरनेट जस्तो कुरा चाैबिसै घण्टा सुचारू हुनुपर्नेमा नहुने , गुनासो गर्दा कहिले काठमाडौं भन्नू भन्ने , कहिले के समस्या रहेछ हेराैँला भनेर घण्टाैं नआउने गरेको समेत पाइएको छ । फ्रि वाइफाइ भनेर ५ वर्षकाे सम्झौता हुने अग्रिम पैसा बुझाउनुपर्ने तर सेवा गुणस्तर नपाउने अनि गुनासो गर्न कार्यालय जाँदा राम्रो रेस्पाेन्स समेत नगर्ने गरेको समेत भेटिएको छ ।


यस सम्बन्धमा वल्डलिङ्क दमाैली शाखाका सुपरभाइजर सागर ढकाल सँग कार्यालयमै भेटेर पहिले चारवटा माेवाइलमा चल्ने अफिस वाइफाइ पछिको माइवल्डलिङ्क अहिले किन छिनछिनमा पासपोर्ट माग्ने गर्छ भनेर बुझ्दा अफिसले दुईवटा मा मात्रै कनेक्ट गराउने गरेको बताए । ग्राहकलाई बिना जानकारी एकैपटक यस्तो किनत भन्ने प्रश्नमा समेत उनले पहिले कसरी चारवटामा चल्यो थाहा नभएको ठाडो प्रतिक्रिया दिए ।
अग्रिम पाँच वर्षकाे पैसा तिरीसकेकाे अवस्थामा चारवटा अनलिमिटेड र अन्य लिमिटेडमा चल्दै आएकाेमा एकाएक कार्यालयले युजरनेमकाे दुरुपयोग भएको पाइएको र धेरैले एउटै युजरनेमबाट माइवल्डलिङ्क जाेड्ने गरेको भेटिएकोले सुविधा कटौती गरेको बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page