एपेन्डिक्स बिरामी सलिना अस्पतालबाट डिस्चार्ज
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ बाख्रे घर भएकि एपेन्डिक्स बिरामी सलिना गुरूङ अस्पताल बाट डिस्चार्ज भएकी छन् । साउन ६ गते पाेखरा गई १५ गते गण्डकी अस्पताल पाेखरामा भर्ना भएकी उनको १७ गते दिउँसो अप्रेसन भएको थियो । सलिनाकाे अप्रेसन पश्चात् स्वास्थ्यमा केही सुधार आएपछी बुधबार अस्पतालले डिस्चार्ज गरेको सलिनाकी आमा ढकमाया गुरूङले बताइन् । डिस्चार्ज पश्चात् उनी म्याग्दे १ बाख्रे आफ्नैँ घरमा आएकी छन् । सलिनालाइ केही दिन दैनिक रूपमा ड्रेसिङ गर्नुपर्ने छ ।

१६ वर्षीय सलिना विगत ४ महिना देखि एपेन्डिक्सले थलिएर बसेकाे र आर्थिक अवस्था कमजोर भएकोले समयमा उपचार हुन नसकेको भन्ने समाचार तनहुँ प्रेस डट कमले प्रकाशित गरेपछि उनलाई देशबिदेशबाट उपचारको लागि सहयोग आएकाे थियो । उनको उपचारको लागि अहिलेसम्म करिव ९ लाख रूपयाँ संकलन भएको छ ।

बिरामी सलिनाकि आमा ढकमाया गुरूङका अनुसार सलिना लाई सुरुमा गत बैशाख ३ गतेदेखि गण्डकी अस्पताल पाेखरामा भर्ना गरेर उपचार गरिएको थियो । त्यसवेला उनी साँडे २ महिना अस्पतालमा भर्ना भएर बसेकि थिइन् । ढाइ महिना अस्पतालमा बस्दा तीन लाख भन्दा बढी खर्च भएको आमा ढकमायाले जानकारी दिइन् । दाजुभाइ , माइती , छिमेकी सबैले सहयोग गरेको र कानको गहना समेत फुकालेर छाेरिकाे उपचार गरेको उनले बताइन् ।
समयमै उपचार गर्न पैसा नभएकोले ढिला हुँदा एपेन्डिक्स फुटेर आन्द्रा काटेर फाल्न परेको भन्दै उनले दाेस्राे अप्रेसनलाई फेरि पैसाको अभाव भएको र घाउ पनि नआोभाएकाेले डाक्टरले घरमा पठाएको उनलेे बताएकी थिइन् । सलिनालाइ उपचारको लागि दुईपटक पाेखरा जान म्याग्दे गाउँपालिकाले एम्बुलेन्स निशुल्क उपलब्ध गराएको थियाे। बिरामी सलिनाकाे घरमा आमा , एक भाइ र बैनि रहेका छन् ।
यस्तै उनका बुवा डिलबहादुर गुरूङ १२ वर्षदेखि मलेसियाबाट सम्पर्क बिहिन भएकोमा अहिले सम्पर्कमा आएका छन् । बुवा डिलबहादुरले हरेक दिन घरमा फाेन गर्न थालेको परिवारले बताएको छ । व्यास नगरपालिका-५ ठुलोटार स्थित उदय माबिमा कक्षा १० मा अध्यनरत १६ वर्षीय सलिनाको एपेन्डिक्स भएर थलिएपछि स्कुल जान छाडेकी थिइन् । सलिनाकाे उपचार खर्च रकम संकलन अभियानकाे लागि म्याग्दे दमाैलि समाजले सबैभन्दा पहिला अभियान सुरु गरेकाे थियो ।
सहयोगीहरू बाट पैसा संकलन भएपछि सलिनाकि आमा ढकमाया खुसि भएकि थिइन् । छाेरिकाे उपचार गर्न सबैले सहयोग गरेको भन्दै उनलेे सबै सहयोगीहरू लाई धन्यवाद दिएकि छन् ।
























