व्यासकाे २४ लाखकाे खानाकाे महालेखाले निकाल्यो बेरूजु

व्यासकाे २४ लाखकाे खानाकाे महालेखाले निकाल्यो बेरूजु
Oplus_0


तनहुँकाे व्यास नगरपालिकामा १ वर्षमा खाना तथा विविध तर्फमा २४ लाख ९६ हजार ३ सय ९३ रूपयाँ खर्च गरेको भेटिएको छ । खर्चमा मितव्ययिता नभएको भन्दै महालेखापरिक्षककाे कार्यालयले उक्त रकमलाई सैद्धान्तिक बेरूजुमा निकालेको छ ।
महालेखापरीक्षकको कार्यालयले आव ०७९/०८० मा प्रस्तुत गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उक्त रकम नियम बिपरित भन्दै सैद्धान्तिक बेरूजु देखाएको हाे ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ। व्यासले ०७९/०८० मा खाना तथा विविध तर्फ रु.२४ लाख ९६ हजार ३ सय ९३ रूपयाँ ३५ पैसा खर्च गरेको छ । यस्तो खर्चमा मितव्ययिता कायम गर्नु पर्दछ महालेखाले भनेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page