रास्वपा जिल्ला संयाेजकमा बास्तोला !

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्ला कार्य समितिको बैंठक सम्पन्न भएको छ । बैठकले रिक्त रहेको जिल्ला संयोजक पदमा बिश्वनाथ बास्तोलालाई मनोनयन गर्न प्रदेश समिति मार्फत केन्द्रिय समितिलाई सर्बसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेकाे रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले बताए । साथै बैठकले जिल्ला संयोजकबाट पदन्नोती भै केन्द्रीय बिभाग सदस्य बन्नु भएका बिकास सिग्देल लाई बधाई एबम सफल कार्यकालको शुभकामना व्यक्त गरेकाे छ ।

पार्टीका जिल्ला सह संयोजक सुर्यमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको निर्वाचन क्षेत्र न. १को क्षेत्रीय सदस्य पदमा पदम राज न्यौपाने लाई मनोनयन गरि क्षेत्रीय समितिलाई पुर्णता दिएकाे छ । जसअनुसार क्षेत्रीय सभापतिमा न्यौपाने , उपसभापतिमा सीता बिक ,सचिबमा अनिल श्रेष्ठ तथा सदस्यहरूमा बिष्णु बहादुर पन्त र शशी रुपाखेती रहेको दाहालले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page