युवाहरूको मन जित्दै पिजन हिल स्केट पार्क:

व्यास नगरपालिका वडा नं २ स्थित पुरानो उत्तरशिला फिल्म हल अगाडि रहेको स्केट पार्कले युवाहरूको मन जित्दै गएको छ । पिजन हिल एण्ड फनपार्कका सञ्चालक विवेक सापकोटाले गत असाेज देखि सञ्चालनमा ल्याएकाे स्केट पार्कले खेेलाडिहरूकाे मन जित्दै गएको हाे ।




स्केट पार्कमा दैनिक रूपमा खेल्नेकाे संख्या बढ्दै गएपछि सञ्चालक सापकोटाले खेलाडीहरूकाे सुरक्षाको लागि ५ लाखको इन्स्योरेन्स गराएका छन् । हामी टिकटको २ सय लिने गर्छौं र क्वालिटिमा विश्वास गर्छौं सापकोटाले थपे , त्यसको लागि इन्स्योरेन्सकाे समेत व्यवस्था गरेका छाैँ । सञ्चालक सापकोटाका अनुसार खेलाडीले खेल्दा दुर्घटना हुन गएमा इन्स्योरेन्स बाट १५ दिनभित्र भुक्तानी मिल्ने व्यवस्था छ । साथै हातमा मात्रै चाेट लागि घाइते भएमा १लाखको इन्स्योरेन्स मिल्ने छ । इन्स्योरेन्स भए पछि खेलाडी ढुक्कसँग खेल्नसक्ने छन् ।



खासगरी युवा पुस्तामा लाेकप्रिय बन्दै गएको खेल खेल्न बिदाको दिनमा झनै खेलाडीकाे संख्या बढ्ने सापकोटाले बताए । सञ्चालक सापकोटाले सस्तो नहेरी गुणस्तरीय र सुरक्षित खेल खेल्नकाे लागि स्केट पार्कमा आउन समेत युवाहरूलाई आग्रह गरे ।

सापकोटाले विगत लामो समयदेखि सञ्चालन गरेको परेवा डाँडा स्थित पिजन हिल रेष्टुरेन्ट एण्ड लज हाताभित्र रहेको फनपार्क ग्राहकको उल्लेख्य राेजाइमा पर्न सफल भइसकेको छ ।
























