कन्काइमा तीज फाेटाे प्रतियोगिता हुने
नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजकाे अवसरमा व्यास ४ मा रहेको कन्काइ ग्लोबल एकेडेमीले तीज फाेटाे प्रतियोगिता गर्ने भएको छ । तीजलाई विशूद्ध मौलिक संस्कृतिका रुपमा मनाउन प्रोत्साहन गर्ने उद्देश्यका साथ विगत झैँ यस वर्ष पनि खुल्ला “KGA Teej Photo Contest, Season 3” आयोजना गरिएकाे कन्काइका प्रवन्ध निर्देशक मिलन गाेदारले बताए ।

प्रवन्ध निर्देशक गाेदारका अनुसार प्रतियोगितामा सहभागी हुनेले कन्काइ ग्लाेवल एकेडेमीकाे अफिसियल फेसवुक पेज लाइक गरि सदस्य बन्नुपर्नेछ । यस्तै मौलिक संस्कृति झल्काउने खालको सारी लगाएर खिचेको फोटो हुनुपर्ने , पूर्ण कदको एकल फोटो (सेल्फी बाहेक) हुनुपर्ने , सहभागीको नामथर, ठेगाना र सम्पर्क नम्बरसहित ह्वाटसप नम्बर ९८२७१८००९२ मा पठाउनुपर्नेछ ।

यस्तै सहभागी आफैँले आफ्नो एउटा फेसबुक आइडिबाट जम्मा १/१ पटक मात्र आफ्नो फोटोलाई लाइक सेयर तथा मेन्सन गर्न पाउने छ। एउटा फेसवुक आइडिबाट एकभन्दा बढी वा अन्य प्रविधिको प्रयोग गरी लाइक सेयर तथा मेन्सन गरेमा सहभागी स्वतः प्रतियोगिताबाट बाहिरिने छ । प्रतियोगितामा एक सेयरको ५ अंक, १ लाइककाे ३ अंक र १ कमेन्ट् काे २ अंकका दरले कुल अंक गणना हुनेछ।
यस्तै यही भाद्र १९ गते बुधबार बिहान १०:०० बजेसम्म पठाइएको फोटोलाई मात्र मान्यता दिइनेछ ।
यस प्रतियोगिता को नतिजा यही भाद्र १९ गते बुधबार दिउँसो २:०० बजे प्रकाशन गरिने र प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरुलाई पुरस्कार स्वरुप ट्रफी सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने प्रवन्ध निर्देशक गाेदारले जानकारी दिए ।
























