स्यानेटरी प्याड खरिदमा भिमाद नगरपालिकाकाे अनियमितता
स्यानेटरी प्याड खरिदमा तनहुँकाे भिमाद नगरपालिकाले अनियमितता गरेको पाइएको छ । महालेखापरिक्षककाे कार्यालयले निकालेको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा ६ लाख ८६ हजार ३ सय ३६ रूपयाँ अनियमितता भएको उल्लेख छ ।

स्यानेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ को दफा ३ मा स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको शौक्षिक व्यवस्थापन प्रणालीको तथ्याङ्क भिडान गरी प्रचलित कानून बमोजिम खरिद गर्नुपर्ने उल्लेख छ ।

पालिकाले स्यानेटरी प्याड व्यवस्थापन गर्ने विभिन्न ६ देखि १२ कक्षा संचालन हुने २० विद्यालयलाई बैंक खातामा १२२५६ पाकेट रु ५६ का दरले हुने रु.६,८६,३३६.०० भुक्तानी गरेको le-bicding मार्फत बोलपत्र माग गरेतापनि नगर कार्यपालिकाको मिति २०८०।३।५ को निर्णयले बोलपत्र रद्ध गरेको र चालु आर्थिक वर्षमा पुन आव्हान गर्ने समय अभावहुने भएकाले कार्यपालिकाको निर्णय गरी बार महिनाका लागि पुग्ने रकम प्रति पाकेट रु ५६ ले हुने गरी विद्यालयकै खातामा एकमुष्ट रकम जम्मा गरेको जानकारी प्राप्त भएको छ ।
यसरी कार्यविधि अनुसार समयमै खरिद प्रकृपा नचाल्दा अन्तिम समयमा खरिद कार्य हुन नसकेको देखिन्छ । तसर्थ, विद्यालयलाईनै निकासा गरी खरिद गर्दा कार्यविधि विपरितको कार्य नियमसम्मत नदेखिएको बताइएको छ ।
























