थर्पुमा भएको महायज्ञमा २४ लाख भन्दा बढी दान संकलन

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं.-४, थर्पुबजारमा साउन २७ गते देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा दानबिरहरूकाे भिड बढ्दै गएको छ । महायज्ञकाे पाँचौ दिन ३१ गते सम्ममा २४ लाख १८ हजार १ सय ९१ रूपयाँ दान सहयोग संकलन भएको छ ।
महायज्ञकाे पाँचौ दिन बिहीबार मात्रै ६ लाख ८५ हजार ६ सय १७ रूपयाँ दान सहयोग संकलन भएको हाे ।


महायज्ञमा बिहीबार सबैभन्दा धेरै जुठिमाया बतास म्याग्दे ४ बाट ५७ हजार ७ सय १५ , अर्जुनबहादुर थापा म्याग्दे ६ बाट २५ हजार ५ सय ५५ , चिनीमाया श्रेष्ठ म्याग्दे ४ बाट २५ हजार १ सय ५ दान रकम सहयोग प्रदान भएको छ ।

यस्तै बिष्णुवीर राना म्याग्दे ४ बाट ५ हजार ५ सय ५५ , तिलमाया मल्ल म्याग्दे ४ बाट ५ हजार ५ सय ५ , रामचन्द्र बिक म्याग्दे ४ बाट ५ हजार १ सय १५ , देवनारायण मल्ल व्यास २ बाट ५ हजार ५ सय ५५ , ईश्वरी विक म्याग्दे ४ बाट ५ हजार ५ सय ५ , रत्नगुठि थर्पुबाट ५ हजार ५ सय ५५ , सीतादेवी थापा थर्पुबाट ५ हजार २५ , मैता विक म्याग्दे ४ बाट ५ हजार ५५ , मीनबहादुर कुमाल म्याग्दे ४ बाट ५ हजार १ सय , यममाया परियार म्याग्दे ४ बाट ५ हजार ५ , नरबहादुर बाचे ५ हजार ५ सय १५ , सुनमाया अछामी ५ हजार ५५ , रत्नमाया श्रेष्ठ ५ हजार ५ सय ५५ , चेतनशील आमा समूह म्याग्दे ६ बाट ५ हजार ५ सय ५५ ,पञ्चमाया श्रेष्ठ म्याग्दे ४ बाट ६ हजार ६ सय २५ , बेलकुमारी श्रेष्ठ म्याग्दे ४ बाट ५ हजार १ सय ५ , रामबहादुर लाेहनी म्याग्दे ४ बाट ५ हजार ५५ , इबु थापा मगर म्याग्दे ४ बाट ६ हजार ५ , रिफमर्दन थापा म्याग्दे ७ बाट ५ हजार ५५ , बिष्णु थापा म्याग्दे ७ बाट ५ हजार ५५ , रूद्र मल्ल पाेखराबाट ५ हजार ५ सय १० रहेको छ ।
यस्तै महायज्ञमा फुलबारी सामुदायिक वन उपभोक्ता समूह म्याग्दे ५ बाट १० हजार , पदमराज वाग्ले म्याग्दे ७ बाट ५ हजार २५ , राजेन्द्र भण्डारी म्याग्दे ६ बाट ५ हजार ५ सय ७५ , अकला मन्दिर म्याग्दे ६ बाट ५ हजार ५ सय ५ , बेलसाेती टाेल बिकास संस्था म्याग्दे ४ बाट ५ हजार ५ सय ५५ , देवी सामुदायिक बिकास समूह म्याग्दे ७ बाट ५ हजार ५ सय ५५ , सिद्धबराही आमा समूह म्याग्दे ७ बाट ६ हजार ६ सय ५ , मानकुमारी सुर्खाली म्याग्दे ७ बाट ५ हजार १० , हिरा श्रेष्ठ म्याग्दे ७ बाट ५ हजार १ सय ५ , रमेश / नारायणी थापा म्याग्दे ७ बाट ५ हजार ५५ , चित्र बहादुर मल्ल म्याग्दे ७ बाट ५ हजार ५ , अन्जना शाही म्याग्दे ७ बाट ५ हजार १ सय ५ , गंगादेवी महत म्याग्दे ७ बाट ५ हजार ५ , श्रीवहादुर कुंवर / केशु कुवर म्याग्दे ७ बाट ५ हजार ५ , देउराली टाेल जलदेवी आमा समूह म्याग्दे ७ बाट १० हजार १ सय , रामबहादुर थापा क्षेत्री म्याग्दे २ बाट ५ हजार ५ सय ५५ , सुन्तली श्रेष्ठ म्याग्दे ७ बाट ५ हजार ५० , चिरञ्जीवी वाग्ले म्याग्दे ३ बाट ५ हजार ५ रहेको छ यस्तै बसमाया राना ५ हजार ५५ , बिक्रम शाही ५ हजार ५ सय , संगम आमा समूह ५ हजार ६ सय ५० , संगम टाेल बिकास संस्था ६ हजार ७० , प्रदिप बस्नेत ५ हजार ५ , युग ज्याेति आमा समूह ५ हजार ५ सय ५५ , शान्ति मगर समाज ५ हजार ५ सय ५ , शान्ति आमा समूह ५ हजार ५ , सीता घिमिरे / केशवराज घिमिरे ५ हजार १५ , दयाराम पाेख्रेल ५ हजार ५ सय ५५ , दुर्गामाया थापा ५ हजार ५ सय ५५ , ध्रुव नेपाली ५ हजार ५ सय , लक्ष्मण खवास ५ हजार १ सय , नवराज मल्ल ठकुरी ५ हजार ५ सय ५५ , केशिमाया बराल मगर ५ हजार १ सय ५ र सुमित्रा नेपाली ५ हजार ५५ रूपया दान सहयोग संकलन भएको कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।
थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयाेजना गरिएको हाे ।
श्रावण २७ देखी भाद्र ३ गतेसम्म हुने महायज्ञमा मुख्य कथावाचकमा शिरोमणी पं. दिपक प्रसाद पौडेल रहेका छन् । पाैडेलकाे मुखार विन्दुबाट संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण, वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव-२०८१ भइरहेको मन्दिर संरक्षण समितिका सचिव केशबहादुर कुमालले बताए ।
शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिकाे आयाेजनामा भएको महायज्ञकाे संरक्षकमा म्याग्दे गाउँपालिका र सह-संरक्षकमा म्याग्दे गाउँपालिका वडा नं ४ रहेको कार्यक्रम सहजकर्ता एवम् म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।
यस्तै देवलिला सहित संगीतमय कथा प्रवचन कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तथा साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महायज्ञमा ५ हजार देखि माथि दान दिनेलाइ सम्मान पत्रकाे साथमा अभिलेख सहित शिलालेखमा नाम राखिने आयाेजकले जनाएको छ ।
यस्तै १० हजार देखि आजीवन सदस्य सहित २ जनाको नाम शिलालेखमा राखिने , २५ हजार देखि श्रेयस्कर सदस्य परिवार सहितको तस्बिर धर्मशाला सतलमा रहने , ३५ हजार देखि माथि विशिष्ट आजीवन सदस्य सहित ताम्रपत्रमा नाम राखिने , ५० हजार देखि बाजागाजा सहित अविरयात्रा गराइने मन्दिर संरक्षण समितिका अध्यक्ष काशीमाया थापाले जानकारी दिइन् ।
बुधबारकाे महायज्ञमा म्याग्दे ७ का वडाअध्यक्ष बसन्त श्रेष्ठ , ४ का अध्यक्ष दिपक श्रेष्ठ , वडा सदस्यहरू ध्रुव नेपाली , फुलमाया नेपाली , लक्ष्मण खवास , केसरी माया थापा लगायतको सहभागीता रहेको थियो ।
























