तनहुँमा आमालाइ बलात्कार गरेको आराेपमा छाेरा पक्राउ
तनहुँकाे म्याग्देमा आफ्नैं आमालाइ बलात्कार गरेको आराेपमा छाेरा पक्राउ परेका छन् । ४८ वर्षीय आमालाइ २७ वर्षीय छाेराले पटकपटक जवरजस्ती करणी गरेको स्थानीयकाे उजुरी पछि उनलाई प्रहरीले गएराती पक्राउ गरेको हाे ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको बताइएको छ । स्थानीयका अनुसार उनलेे मादक पदार्थ सेवन गर्दै आमालाइ बलात्कार गर्ने र भनेदेखी मार्दिन्छु भन्दै धम्की दिने गरेका थिए । अहिले पिडीत आमा र आराेपित छाेरा दुबै जना जिल्ला प्रहरी कार्यालयमा रहेको श्राेतले बतायो ।

























