घाँसीकुवामा खसेको डाँडाे भाेली मात्रै हटाइने , ठुला गाडी ठप्प , साना गाडीलाई बैकल्पिक मार्ग

घाँसीकुवामा खसेको डाँडाे भाेली मात्रै हटाइने , ठुला गाडी ठप्प , साना गाडीलाई बैकल्पिक मार्ग

पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा डाँडै खसेर पहिरो जाँदा अवरुद्ध बनेको पृथ्वीराजमार्गमा बिहीबार बिहानबाट मात्रै पहिराे पन्छाउने बताइएको छ ।

अविरल वर्षाले गर्दा पहिरो खस्दा सडकमा अवरोध भएको र तत्कालै खाेल्न सक्ने अवस्था नभएकोले वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी गराएको छ । घाँसीकुवामा ठुलो पहिरो खसेको र खस्ने क्रम जारी रहेकोले राति थप खतरा हुन सक्ने भन्दै बिहीबार बिहानबाट मात्रै पहिरो पन्छाइने ट्राफिक प्रहरी प्रमुख सन्तोष पाैडेलले बताए ।

प्रत्यक्षदर्शीहरूका अनुसार दुई सय मिटर क्षेत्र समेटिने गरी ठुलो पहिरो गएको र खस्ने क्रम जारी भएकोले तत्काल पहिरो हटाउन सक्ने अवस्था नरहेको हाे ।    

घाँसीकुवाको पहिरोमा परि सोममाया गुरुङको बन्दै गरेको घरमा समेत क्षति पुगेको छ । यस्तै पहिरोले बिजुलीको पोलमा क्षति पुगेकोले दरैपधेरा,सेरा,रामथुम्की,कमलबारी,देउराली लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध भएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page