अखिल क्रान्तिकारी तनहुँकाे अध्यक्षमा भट्टराई
नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी तनहुँको २३ औ जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ ।
सम्मेलनले निर्दोश भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपााध्यक्षमा निशान थापा मगर ,शुसम गुरुङ्ग ,सचिवमा प्रमिला पाटा मगर , सह सचिवमा दिपेश वि.क. प्रमिसा शाही ठकुरी,अनिशा पामे मगर र कोषाध्यक्षमा शुष्मा गुरुङ्ग निर्वाचित भएका छन् ।

यस अगाडि सम्मेलनको उद्घाटन केन्द्रिय उपाध्यक्ष नारायाण खनालले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री आशा कोइराला, नेकपा माओावादी जिल्ला अध्यक्ष मदन आले शुक्लागण्डकी नगरपालिकाका उप प्रमुख तथा माओवादीका युवा नेता खुम बहादुर वि.क. राजु,आँबुखैरेनी गाउँपालिका अध्यक्ष तथा नेकपा माओावदी केन्द्रका जिल्ला सचिव शुक्र चुमान, सुर्यबहादुर गौली, विद्यार्थीका केन्द्रिय उपाध्यक्ष डम्वर बहादुर वि.क. लगायतले सम्मेलन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
सम्मेलनमा जिल्लाभरका सबै पालिकाका र क्याम्पसका गरी २ सय ५० प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अखिल क्रान्तिकारीले यस अघि नै तनहुँका १० वटै पालिकामा समिति गठन गरेको थियो ।

























