एसपी शाहीलाई भूपू सैनिक क्लवकाे स्वागत एवं सम्मान
केही हप्ता अगाडि तनहुँ सरूवा भइ आएका तनहुँका प्रहरी प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीलाई तनहुँका भूपू हरूले स्वागत तथा सम्मान गरेका छन् । नेपाल भूपू सैनिक क्लव तनहुँले व्यास १ भादगाउँ स्थित क्लबकाे आफ्नै कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी स्वागत एवम् सम्मान गरेको हाे ।।
नेपाल भूपू सैनिक क्लव तनहुँका अध्यक्ष क्याप्टेन तारालाल मल्लकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा प्रहरी प्रमुख शाहीले भूपूहरूकाे याेगदान अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । भूपूहरूले समाजमा पुर्याएकाे याेगदान अत्यन्तै ठुलो रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल भूतपूर्व सैनिक क्लव तनहुँका निवर्तमान अध्यक्ष क्या. सुर्जकुमार मल्ल , पुर्व अध्यक्ष क्या सन्तलाल श्रेष्ठ , ले देव बहादुर गुरूङ , सल्लाहकार केशरबहादुर गुरूङ , व्यास ९ का वडा अध्यक्ष ह. सुरेश थापा लगायतले एसपी शाहीकाे तनहुँ बसाइ एतिहासिक र उपलव्धि मुलक हुने बिस्वास व्यक्त गर्दै बधाई दिएका थिए ।
नेपाल भूपू सैनिक क्लव तनहुँका सचिव सु मदराज मल्लले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष क्याप्टेन सहवीर उच्चैले गरेका थिए । उक्त अवसरमा एसपी शाहीले वीर गाेर्खाली स्तम्भमा पुष्पगुच्छा अर्पण गरेको क्लवका अध्यक्ष क्याप्टेन मल्लले जानकारी दिए ।
साे अवसरमा छाेरा ब्रिटीस लाहुरे भएको खुसियालीमा क्लवका उपाध्यक्ष क्या सहबीर उच्चैले क्लवलाइ २० हजार सहयोग गरेका थिए ।

























