आर्थिक अभावले ऋषिङका बालकको उपचारमा समस्या

आर्थिक अभावले ऋषिङका बालकको उपचारमा समस्या
तनहुँका एक बालकको आर्थिक अभावले उपचारमा समस्या भएको छ । ऋषिङ गाउँपालिका–८ स्थित साईटोल, माझकोट निवासी बालकृष्ण नगरकोटीका छोरा वर्ष १२ का दिलिप नगरकोटीलाई आर्थिक अभावले उपचारमा समस्या भएको हाे । पोखरा स्थित गण्डकी अस्पतालमा उपचारत दिलिपको टाउकोमा मासु पलाउने र पानी जम्ने समस्याले पीडित छन् ।

आफ्नो आर्थिक अवस्थाले उपचार धान्न नसकिने भएकाले चिन्ता परेको परिवारजनले बताएका छन् । बालकका पिता बालकृष्ण नगरकोटीले छोराको उपचारमा एक लाख बढी रुपैयाँ खर्च भइसकेको र अझै दुई लाख जति रुपैयाँ तत्काल आवश्यक रहेको बताए । नगरकोटीले भने , पहिला उपचार गर्दा लागेको एक लाख ऋण तिर्न सकेको छैन, थप खर्च कसरी जुटाउने हो समस्या परेको छ ।’ ‘डाक्टरले उपचार सम्भव हुने तर खर्च भने धेरै लाग्ने बताएकोले आर्थिक अभावले गर्दा चिन्ता परेको उनले बताए ।
उपचारमा सहयोग गर्ने व्यक्ति साक्षात् भगवान हुने नगरकोटी बताउँछन् । बालक दिलिप स्थानीय शिवसरस्वती माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्दछन् । बालकको बुबा र आमाले खेतीकिसानी गरेर जिविको पार्जनगर्दै आएको र आर्थिक अवस्था कमजोर भएकोले बालकको उपचारमा समस्या भएको ऋषिङ गाउँपालिका–८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले बताए । सबैले आर्थिक सहयोग गरेर बालकलाई बचाउनु पर्ने वडाध्यक्ष श्रेष्ठ बताउछन् । आर्थिक अभावले उपचारमा ढिलाइ हुँदा बालक दिलिपको पढाइ प्रभावित हुँदैआएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बालक दिलिपको जीवन रक्षा गर्न मनकारीहरुका लागि बालकका पिता बालकृष्ण नगरकोटीको कुमारी बैंक लिमिटेडको ऋषिङ शाखामा रहेको खाता नम्बर ०८३००४५००५४००००१ मा आर्थिक सहयोग उपलब्ध गराउन पनि परिवारले अनुरोध गरेको छ । थप जानकारीका लागि आफ्नो फोन नम्बर ९८१८७८३७८० मा सम्पर्क गर्न पनि बालकका बुबा बालकृष्णले आग्रह गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page