आँबुखैरेनी ऐना पहाराबाट मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाकाे मृत्यु
तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको तथा १६ जना घाइतेको उद्धार गरिएकाे प्रहरीले बताएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । बस नदी किनारमा अड्किएको छ । उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने प्रहरीले बताएकाे छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।

























