सडक र बिद्धुतकाे लापरबाहीले घर पहिरोमा पर्दापनि रानाभाटले पाएनन् क्षतिपूर्ति

सडक र बिद्धुतकाे लापरबाहीले घर पहिरोमा पर्दापनि रानाभाटले पाएनन् क्षतिपूर्ति


मुग्लिन पाेखरा सडक बिस्तार याेजना र बिद्धुतकाे लापरबाहीका कारण म्याग्दे २ गुणादीका कृष्णबहादुर रानाभाटकाे घर पहिरोमा परेको छ । घर , गाेठ पहिरोमा परेपछि घरका परिवार तथा भैंसी , बाख्राहरू अन्यत्र सारिएको छ ।
यही ३ गते परेको पानीका बेला गएको पहिरोले रानाभाटकाे घर पहिरोमा परेको हाे । सडकबाट धेरै टाढाकाे दुरिमा घर रहेको भए पनि सुरुमा सडकको जेसिभीले लापरबाहीपुर्ण तरिकाले भित्ता खनेको र पछि बिजुलीको पाेल मनलाग्दी गाड्ने , उखल्ने गर्दा पहिरो गएकाे घर धनी रानाभाटले बताए । जेसिबीले खनेर पहिरो जान सुरु भएको ठाउँमा ठुला ठुला बिजुलीको पाेल गाड्ने काम भयो , जसले गर्दा पाेल लड्न थाल्यो , पाेल लड्दा माटो साेहाेरिने र तारले अन्य बिजुलीको पाेललाई समेत लच्काउँदा डाँडैदेखि पहिरो खस्न थाल्दा आफ्नाे घर परेको उनले दुखेसो पाेखे । घर जाेखिममा पर्याे भनेर वडा देखि गाउँपालिका , सिडियाे कार्यालय , सडक बिस्तार याेजनाकाे कार्यालय डुम्रे सम्म निवेदन र सिफारिस लिँदै धाएँ तर आश्वासन मात्रै पाएको क्षतिपूर्ति केही पनि नपाएको उनले सुनाए ।

गत बर्षदेखि घर जाेखिममा पर्याे भन्दै सम्बन्धित निकायमा दाैडधुप गर्दापनि सुनुवाइ नभएको रानाभाटकाे भनाइ छ । पहिल्यै एकपटक सम्बन्धित निकायका प्राविधिक आएर नापजाँच गरेको , क्षतिकाे बारेमा रिपोर्ट उठाएकाे भए पनि अहिलेसम्म निर्णय नभएको बताईएकाे छ । कार्यालयमा सम्पर्क गर्दा जहिलेपनि निर्णय हुन बाँकी छ मात्रै भन्ने गरिएको रानाभाटले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page