जेसीआइ व्यासनगर साइनिङ्ग स्टारकाे उपाधि जिसीलाइ

जेसीआइ व्यासनगर साइनिङ्ग स्टारकाे उपाधि जिसीलाइ

जेसीआई व्यास नगरले आयोजना गरेको व्यासनगर साईनिङ्ग स्टार -२०२४ (दशौं शंस्करण) काे
उपाधि सलिष्मा जिसीले जितेकी छन् । सनिवार राति सम्पन्न फाइनलमा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सलिष्माले उपाधि जितेकी हुन् ।

प्रतियोगितामा सगुन पौडेल फस्ट रनर अप र समृद्धि आचार्य सेकेन्ड रनर अप घोषित भएका छन् ।

उपाधि जित्न सफल जिसीले नगद रु २५ हजार २४, फस्ट रनर अप पाैडेलले रु १५ हजार २४ र सेकेन्ड रनर अप आचार्यले रु १० हजार २४ नगद प्राप्त गरेका छन् । २० जना बालबालिका सहभागी प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्टप्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माईल, बेस्ट डे्स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु प्रदान गरिएको थियो ।

बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन एवम् व्यक्तित्व बिकासका लागि हरेक वर्ष जेसीआइले उक्त कार्यक्रम गर्दै आएकाे छ । अडिसनबाट छनोट भएका २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान पश्चात् सहभागी गराइएको प्रतियोगितामा पहिलो राउन्डमा १० जना बालबालिकालाई छनाेट गरिएको थियो ।

विजयीहरूलाई गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए । जेसीआइ व्यास नगरका अध्यक्ष नविन पुरीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गरेका थिए । उक्त अवसरमा प्रदेश सांसद अशोककुमार श्रेष्ठ , व्यास नगर प्रमुख बैकुण्ठ न्याैपाने , भानु नगर प्रमुख आनन्दराज त्रिपाठी , म्याग्दे गापा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायत सहभागी थिए । कार्यक्रम दमाैली सभाहलमा भएको थियो ।

बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्धेश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि यस किसिमको कार्यक्रम निरन्तर गर्दै आएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page