काठमाडौं जाँदै गरेको बस घुमाउनेमा दुर्घटना हुँदा १५ जना घाइते
महेन्द्रनगरबाट काठमाण्डाै जाँदै गरेकाे बस दुर्घटना भएको छ । आइतबार बिहान सुदुर पश्चिम ०१ ०० २ १३३२ नम्बरकाे बस मुग्लिन नारायणगढ खण्डको घुमाउनेमा अनियन्त्रित भई दुर्घटना भएकाे हाे । दुर्घटनामा १५ जना घाईते रहेकाे र उनीहरुकाे उपचारकाे लागि भरतपुर लगिएकाे प्रहरीले जनाएकाे छ ।

























