जलदेवि माविमा राेटरी क्लबकाे वृक्षारोपण

तनहुँकाे व्यास नगरपालिका वडा नं १ स्थित जलदेवी माध्यमिक बिद्यालय परिसरमा राेटरी क्लव अफ दमाैलीले शनिबार वृक्षारोपण गरेको छ । क्लबकाे वार्षिक कार्यक्रम अनुसार बिद्यालयमा १ सय २० भन्दा बढी विभिन्न प्रजातिका बहुउपयाेगी बिरूवाहरू राेपण गरिएको क्लवका अध्यक्ष जीवन कुमार श्रेष्ठले बताए ।
कपुर ,आँप , अमला , एभाेकाडाे लगायत बहुगुणी विरूवाहरू राेपण गरिएको कार्यक्रम संयाेजक देवराज अधिकारीले जानकारी दिए ।
प्रकृतिलाई सुन्दर र हराभरा बनाइ वातावरणीय स्वच्छता प्रवर्द्धन गर्न क्लवले हरेक वर्ष नयाँ नयाँ ठाउँमा वृक्षारोपण गर्दै आएकाे अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रमकाे शुभारम्भ गर्दै व्यास नगरपालिका प्रमुख एवम् राेटरी क्लव अफ दमाैलीका पुर्व अध्यक्ष बैकुण्ठ न्याैपानेले वृक्षारोपण सँगै संरक्षण पनि गर्नुपर्ने बताए ।

कार्यक्रममा राेट्रर्याक्ट , इनरह्विल र इन्ट्राक्टहरूकाे समेत सहभागीता रहेको थियो ।

























