हर्षपुर कप भलिबलकाे काङ्ग्रेस नेता थापा द्वारा उद्घाटन:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ७ मा बिहिवार बाट भलिबल प्रतियोगिता सुरु भएको छ । ज्याेति युवा क्लवकाे आयाेजनामा २७ अाैं स्थापना दिवसको अवसर पारि आयाेजित भलिबल प्रतियोगिताकाे काङ्ग्रेस महाधिवेशन प्रतिनिधि , युवा नेता चाम थापाले उद्घाटन गरेका थिए । भलिबल प्रतियोगितामाकाे उद्घाटन गर्दै युवा नेता थापाले खेलकाे महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए । युवा लक्षित खेलकुद प्रतियोगिताले गाउँमा भएको प्रतिभा प्रस्फुटन हुने र खेलाडीलाई खेलकाे माध्यमबाट जागरूक बनाउन मद्दत पुग्ने उनको भनाइ थियो ।

नेता थापाले पर्यटकीय गन्तब्य बन्दै गएको मानुङ र हर्षपुर विच मितेरी साइनो हुनुपर्ने र बिकासकाे गतिलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए । क्लवका अध्यक्ष दुत बहादुर थापा डि वि काे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघ तनहुँका उपाध्यक्ष अशोक चन्द्र वाग्ले , नेपाली काङ्ग्रेस म्याग्देका सभापति रामभक्त घिमिरे , तरूण दल म्याग्देका सभापति सन्तोष राना , म्याग्दे ३ कि सदस्य जानकि थापा , नेकपा माअाेवादिका नेता बालकृष्ण श्रेष्ठ , लियो क्लवका पुर्व अध्यक्ष युवराज भण्डारी लगायतले बाेलेका थिए । कार्यक्रमकाे मनाेज रानाले सञ्चालन र सचिव प्रकाश रानाले स्वागत गरेका थिए ।

खेल राष्ट्रकाे पहिचान , पर्यटन प्रवर्द्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ साविक वडा तथा गाउँ स्तरीय प्रतियोगिता ३० टिमकाे सहभागीता रहेको अध्यक्ष दुतबहादुर थापाले बताए । हर्षपुर खेलमैदानमा सुरु भएको प्रतियोगिता यही ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमले क्रमश ३० हजार , २० हजार र १० हजार नगद पुरस्कार पाउनेछन् भने टिम दर्ता शुल्क ३ हजार राखिएको छ । प्रतियोगिताकाे खेल संयाेजकमा लेखबहादुर आले र सुक बहादुर सिंजालि रहेका छन् । यस्तै प्रतियोगितामा मिडिया पार्टनरकाे रूपमा म्याग्दे अनलाइन रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page