माेटरसाइकल र ट्याक्टर ठाेक्किँदा शुक्लागण्डकीमा एक महिलाको मृत्यु:

माेटरसाइकल र ट्याक्टर ठाेक्किँदा शुक्लागण्डकीमा एक महिलाको मृत्यु शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० छाब्दी देउरालीमा मोटरसाईकल र ट्याक्टर ठोक्किंदा एक महिलाको मृत्युु भएको छ ।

साँखेबाट दुलेगौडा जाँदै गरेको ग ७ प ६९२४ नम्बर को मोटरसाइकल र दुलेगौंडाबाट गएको ग १ त ३९९४ नम्बरको ट्याक्टर एक आपसमा ठोकिंदा शुक्लागण्डकी नगरपालिका १ निवासी ४५ वर्षिया पिपलकौरी गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी माेहन बहादुर खाँणले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page